Websoft University

२८ औं विश्व आदिवासी जनजाती दिवस मनाउदै,


मोहन कुमार राई,साउन २४ गते । रातो तारा डट कम संखुवासभा,नेपाल आदिवासी जनजाती महासंघ समन्वय समिति चैनपुरको आयोजनामा “विश्वका आदिवासी जनजाती एक हौै” भन्ने मुल नाराका साथ साँस्कृतिक झाकी सहितको ¥यालीले चैनपुर बजार परिक्रमा गरी टुडिखेलमा पुगी सभामा परिणत हुँदै २८ औं विश्व आदिवासी जनजाती दिवस मनाएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा मनाइएको दिवसमा चैनपुर नगर उप प्रमुख मुना श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति अध्यक्ष डम्बर बहादुर श्रेष्ठ, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रनिनिधहरु, जनप्रतिनिधिहरु, पार्टी प्रतिनिधिशरु, विभिन्न जातजातिमरुको साँकृतिक झाकीहरु, लगायतको वाक्लो उपस्थिति रहेको  कार्यक्रम सञ्चालक धनबहादुर लिम्बुले बताउनुभयो । 

कार्यक्रममा समाजमा रहेको संस्कृति पहिचानलाई जोगाउँदै  नराम्रा र खराव वस्तुलाई त्याग्दै राम्रा र समाजलाई फाइदा पुग्ने संस्कारहरुलाई अवलम्बन गर्दै जनजातीहरु अरुको पछि होइन अघि लाग्न सके मात्र माथी उठ्न सकिने नेपाल जनजाती आदिवासी महासंघ समन्वय समिति चैनपुरको पूर्व अध्यक्ष चन्द्र प्रसाद तामाङले वताउनुभयो । 

यसै गरी कार्यक्रममा जातिय संस्थाहरुबाट दिनेस कुमार श्रेष्ठ, सामुदायीक अध्ययनकेन्द्रका अध्यक्ष सूर्यबहादुर दाहाल,क्याम्पस सञ्चालक समिति अध्यक्ष उमेश कुमार डाँगी, चैनपुर नपा ६ वडाध्यक्ष नेत्रबहादुर डाँगी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.