Websoft University

गायनमा सिरिष्मा, नृत्यमा निसान प्रथम



विराटनगर ‘प्याब्सन आँगन’ अन्तरगतको गायन प्रतियोगितामा विराटनगरस्थित एभरेष्ट स्कूलकी सिरिष्मा काफ्ले र नृत्यमा सगरमाथा स्कूलका निशासन राई प्रथम भएका छन् । विराटनगरको सभासृह हलमा शुक्रबार सम्पन्न भएको प्याब्सन आँगनको फाइलनमा उनीहरूले ९÷९ जना प्रतियोगिहरूलाई पछि पार्दै उपाधि जितेका हुन् ।

काठमाण्डौ साउन २४ गते । रातो तारा डट कम,प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँको साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।  प्रतियोगतामा अन्य उपविजेता घोषित भए । यसरी उपविजेता हुने नृत्यतर्फ संस्कृति दाहाल, चिरान्सु शर्मा, सौमिका ढकाल, इसान श्रीपाली, मानस्वी खनाल, टिना थापा मगर, खुशी बज्राचार्य, लावन्ता सुब्बा, र ईक्षा सुब्बा रहेका छन् । यस्तै गायनतर्फ प्राप्ती भट्टराई, सहिमा भुजेल, नेहारिका खनाल, प्रज्ञान तामाङ्ग, अनुभव तिमल्सिना, अनुराग प्रधान, नविन पौडेल, चुली सिंह र सुमिका सरदार रहेका छन् ।

‘सधैको लागि, सवैको लागि, राष्ट्रको शिक्षा, कलाको लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मुल नाराको साथ प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिताको फाइनलमा नृत्य र गायनमा १०÷१० जना पुगेका थिए ।  विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूको अन्तर निहित कलाकारिताको दक्षतालाई अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले यो प्रतियोगितामा भाग लिएका थिए । तीन चरणको अडिसन राउण्ड पुरा गरेपछि प्रतियोगि फाइनलमा पुगेका हुन् । 

प्रतियोगिताको नृत्यतर्फको निर्णायकहरूमा गजित विष्ट, चन्द्र तामाङ्ग र राजेश घिसिङ्ग रहेका थिए भने गायनतर्फ महेन्द्र प्रेम श्रेठ, जेवी थुलुङ्ग रहेका थिए ।  उनीहरुलाई व्याब्सन केन्द्रीय सल्लाहाकार आषिश श्रेष्ठ, व्याब्सन केन्द्रीय सदस्य बासुदेव न्योपाने, व्याब्सन पूर्व केन्द्रीय सदस्य सावीत्री पराजुली, व्याब्सन विराटनगरका अध्यक्ष इन्द्रराईलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.