Websoft University

दुई वर्ष भित्र सातै प्रदेशमा विद्युतको राष्ट्रिय प्रशारण लाईनमा जोडिने दाबी



काठमाण्डौ साउन २४ गते । रातो तारा डट कम,सरकारले आगामी दुई वर्ष भित्र मुलुकका सबै प्रदेश विद्युतको राष्ट्रिय प्रशारण लाईनमा जोडिने दाबी गरेको छ । प्रतिनिधि सभाको हिजोको बैठकमा समय मागेर ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आगामी दुई वर्ष भित्र कर्णालीका सबै जिल्ला राष्ट्रिय प्रशारण लाइमा जोड्ने तयारी भईरहेको जानकारी गराउनुभएको हो । मन्त्री पुनले बिद्युत चुहावट हरेक बर्ष कम गर्दै गएको दाबी पनि गर्नुभयो ।

कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश २ का जिल्लालाई पूर्ण रुपमा विद्युतीकरणका लागि चालू आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गरिएको मन्त्री पुनले बताउनुभयो । वैकल्पिक ऊर्जा प्रर्वधन केन्द्रले दुई सय किलोवाट क्षमताको गिरी खोला लघु जलविद्युत आयोजना निर्माण गरिरहेको भन्दै आगामी मंसिर सम्ममा सम्पन्न भइसक्ने जानकारी गराउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.