Websoft University

कटारी नगरपालिका क्षेत्रमा अझै डेंगुका बिरामी भेटिदै,


श्याम राई उदयपुर गाईघाट भदौ १० गते । रातो तसरा डट कम,उदयपुरको कटारी नगरपालिका क्षेत्र भित्र फैलिएको डेंगु अझै नियन्त्रणमा आउन सकेको छैन । डेंगु बाट संक्रमित थप ३ जना विरामी आइतबार भेटीएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 

कटारी नगर क्षेत्रमा अहिले सम्म डेंगु बाट सक्रमिटको संख्या ३२  पुगेको छ । जिल्लाको तीन वटा नगरपालीका मध्य कटारी नगरमा सधै भन्दा बढी डेंगुबाट संक्रमित विरामी रहेका छन् ।  विरामी सबै जनाको स्थानिय स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ भने केही संक्रमितको धरान र विराटनगर स्थीत नीजि अस्पतालमा उपचार भैरहेको कटारी नगरपालीकाको मेयर ज्ञानेन्द्र श्रेष्ठ ले बताए । 
 
डेंगु संक्रमित को संख्या बड्न थालेपछि रोग नियन्त्रणको लागि कटारी नगरपालीकाले सबै वडाहरुमा जनचेतना अभियान संचालन गर्नु को साथै विरामीहरुको उपचार को लागि आवश्यक किट र ओषधिको व्यवस्था गरेको छ ।  नगरपालीकाले आवश्यक औषधि किन्नको लागि अस्पताललाई  आर्थिक सहायता गरेको नगरपालीकाकी उप मेयर भिम कुमारी राउतले बताइन् । 

डेंगु अझै नियन्त्रणमा आएको छैन । थप विरामी भेटिने  क्रम बडेको छ । उनले  भनिन् । नगरपालीकाले अहिले नगर क्षेत्र भित्र लामखुट्टे मार्ने अभियान तीव्र रुपमा संचालन गर्नुको साथै रोग बाट बच्न स्वास्थ्यकर्मि सहतको टोली परिचालन गरेर जनचेतना संचालन गरको बताइन् ।
त्रियुगा र नगर क्षेत्रमा अहिले डेंगु संक्रमित थप विरामी देखा नपरेको त्रियुगा नगरपालीकाका मेयर बलदेव चौधरीले बताए । पहिले जे जती संक्रमित थिए । अहिले संख्या बडेको  जानकारी आएको छैन । उनले भने । संक्रमित विरामीको उपचार भैरहेको छ । डेंगु नियन्नत्रणको लागि अहिले नगर क्षेत्रमा व्यापक रुपमा  लामखुट्टे  मार्न औषधि छर्कने काम भैरहेको बताए । 

उनले दैनीक जस्तो जनचेतना अभियान संचालन गरेर स्थानिय लाई डेंगु बारे जानकारी एवं रोकथाम बारे  सचेत गराउने काम भेरहेको बताए ।  जिल्लाको कटारी, त्रियुगा,र चौदण्डी नगर पालीकामा साउनको दोस्रो  सातादेखी देखा परेको डेंगु संक्रमित बाट अहिले सम्म ४२ जना विरामी परेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.