Websoft University

सुन्दरहरैचामा १ दिवसिय सहकारी कर तथा लेखा तालिम सम्पन्न


शिव भट्टराई, भाद्र १० गते। रातो तारा डट कम,मोरङको सुन्दरहरैचामा मंगलबार १ दिवसिय सहकारी कर तथा लेखा तालिम सम्पन्न भएको छ।नगर स्तरिय सहकारी समन्वय समिति सुन्दरहरैचा मोरङ्गको आयोजनामा एक दिने सहकारी कर तथा लेखा सम्बन्धि तालिम हातेमालो वहुउद्देश्य सहकारी संस्था लि. सुन्दरहरैचा-१० मोरङ्गको सभा हलमा सम्पन्न भएको हो।

कार्यक्रममा समन्वय समितिका अध्यक्ष नरेन्द्र बस्नेतको सभापतित्व रहेको थियो भने विभिन्न सहकारी अभियन्ताहरुको आतिथ्यता रहेको थियो।कार्यक्रममा समन्वय समितिका उपाध्यक्ष खगेन्द्र अधिकारीले स्वागत मन्तव्य राखेका थिए।

सो तालीम कार्यक्रमको सहजीकरण सी. ए. शेषमनी दाहालले गरेका थिए।कार्यक्रममा बोल्दै कर तथा लेखा सम्वन्धी तालिमको आयोजना गरी सहकारी संस्थाहरुलाई सु-सुचित हुने अवसर दिएकोमा समन्वय समितिलाई धन्यवाद दिँदै जिल्ला कृषि संघ मोरङ्गका लेखा समिति सदस्य सोभित पौडेलले आउँदा दिनमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गर्न सुझाव दिएका थिए।

त्यसैगरी सो तालिम अन्तत फलदायी भएको र यसमा १५० भन्दा बढी सहकारीकर्मीहरुको उपस्थिति रहेको साथै आउँदा दिनहरूमा यस्ता किसिमको तालिमको आयोजना गर्दै जाने समन्वय समितिका सचिव साथै कार्यक्रम संचालक रवीन्द्र आचार्यले बताएका थिए।

सहकारी संस्थामा कर र लेखाका कारण समस्या हुँदै आएकोमा यो तालिमले यस्ता समस्याबाट समाधान मिल्ने सुरक्षा सामाजिक उद्यमी सहकारी संस्था लि. की अध्यक्ष बालिका सिटौलाले बताइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.