Websoft University

विद्युतीय ऊर्जाबाट चल्ने गाडीलाई मात्र कर छुट हो तर स्टाट पेट्रोल या डिजेल चाहिने गाडीलाई कर छुट होइन– अर्थमन्त्री


काठमाण्डौ भाद्र १० गते । रातो तारा डट कम,सरकारले सरकारलाई नै झुक्याएर कर छल्ने प्रयास नगर्न उद्योग व्यवसायीलाई चेतावनी दिएको छ । काठमाडौँको भृकुटीमण्डपमा आज नाडा आटो शो २०१९ को उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विद्युतीय सवारी साधन भनेर व्याट्रीबाट स्टाट हुने तर संचालनका लागि पेट्रोल या डिजेल नै आवश्यक पर्ने सवारी साधन ल्याएर उद्योगीले कर छल्न खोजेको बताउनुभएको हो ।

विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा मात्रै सरकारले भन्सार र अन्तशुल्क छुट दिएको स्मरण गराउँदै उहाले उद्योगीलाई इमान्दार भएर व्यवसाय गर्न आग्रह गर्नुभयो । उहाँले ९० प्रतिशत परम्परागत उर्जा र १० प्रतिशत विद्युत् प्रयोग हुने सवारीसाधनलाई सरकारले कुनै पनि अवस्थामा छुट नदिने बताउनुभयो । 

उहाँले विद्युतीय सवारी साधनको उद्योग राख्न खोज्ने उद्योगीलाई सरकारले संरक्षण दिन तयार रहेको पनि बताउनुभयो । व्यवसायी जस्तै राज्यपनि लाभको नीति अनुसार अघि बढ्ने भन्दै उहाँले कम्तिमा २० प्रतिशत मूल्य अभिवृद्धि हुने विषयमा सरकारले संरक्षण प्रदान गर्दै कर छुट, अन्तशुल्क भन्सार र अरु कर छुट दिनका लागि सरकार तयार रहेको बताउनुभयो । 

मन्त्री खतिवडाले प्रर्दशनी स्थल निर्माणबारे निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताउनुभयो । भेईकलफिटनेस र सडक सुरक्षा बारे पनि सरकार गम्भीर रहेको बताउनुभयो । आजबाट सुरु भएको नाडा अटो शो २०१९ भदौ १६ गते सम्म चल्ने छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.