Websoft University

ईन्टरनेट व्यवसायले महत्वपूर्ण भूमिका खेलेको ( सी चिन फिङको सम्बोधन


काठमाडौ । रातो तारा डट कम,तीन बर्ष अघि आजैको दिन अर्थात् अप्रिल १९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ईन्टरनेटको सँरक्षण तथा सूचना शीर्षक सम्मेलनको अध्यक्षता गरी एउटा महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो। (ईन्टरनेट व्यवसायले महत्वपूर्ण भूमिका खेलेको ( सी चिन फिङको सम्बोधनमा भनिएको छ।

उहाँको सम्बोधनका अनुसार-

चीनको विकासमा ईन्टरनेट व्यवसायले महत्वपूर्ण भूमिकामा खेल्नुपर्छ। चीनमा “ईन्टरनेट थप”नामक परियोजना शुरू भएपछि ईन्टरनेट व्यवसायको आर्थिक मात्रा चीनको राष्ट्रिय उत्पादनको कुल मात्रामा वृद्धि भइसकेको देखिन्छ।

सी चिन फिङले औंल्याउनुभयो, चीनले सूचना आधारभूत प्रबन्धको निर्माणमा प्रगति गर्नुपर्छ र साथै ईन्टरनेट तथा वास्तविक अर्थतन्त्रसँग मिलेर आर्थिक विकासको प्रबर्द्धन गर्नुपर्छ।

 ईन्टरनेटबाट सूचनाको आदान-प्रदानमार्फत कारोबार, कर्मचारी र सामानको आदान-प्रदानको विस्तार गर्नुपर्छ। यसरी ईन्टरनेटले आर्थिक विकास तथा संरचनाको सुधार गर्न महत्वपूर्ण भूमिका खेल्नसक्ने छ।

हालसम्म ईन्टरनेट प्रयोग गर्ने चिनियाँहरूको जनसँख्या ८२ करोड ९० लाख पुगिसकेको छ। ईन्टरनेटमा चिनियाँ सरकारी कामसम्बन्धमा जनताका विचारहरू पनि देखिन्छ। सी चिन फिङले चीन सरकारका विभिन्न विभागका विभिन्न तहका अधिकारीहरूलाई जनताको विचारहरूलाई महत्व दिन आग्रह पनि गर्नुभएको थियो।

विज्ञान प्रविधि इन्टरनेट व्यवसायको सबैभन्दा महत्वपूर्ण शक्ति रहेको छ। ईन्टरनेट व्यवसायका विशेषज्ञ, प्राविधिक व्यक्ति र व्यवसायीहरूले चीनको ईन्टरनेट प्रविधिलाई अरू बढी प्रबर्द्धन गराउन प्रयास गर्नुपर्ने पनि राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको थियो।

राष्ट्रध्यक्ष सीले चीनले सूचना आधारभूत प्रबन्धको सुरक्षा प्रणालीको निर्माणलाई जतिसक्दो छिटो पूर्णता दिलाउनुपर्छ भन्दै चीनका ईन्टरनेट व्यवसायीहरूले चिनियाँ सामाजिक जिम्मेवारी लिनुपर्ने पनि व्यक्त गर्नुभएको थियो।
(CRI- ,nepali sarvis, बाट लिएको समचार)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.