Websoft University

गुण्डा र तस्करलाई कुनै हालतमा नछड्ने प्रहरी निरीक्षक गुणराज बुढाथोकीको प्रतिबद्धता


शिव भट्टराई ,मोरङ । रातो तारा डट कम,तस्कर र गुण्डा बिरुद्ध आफु कडा रुपमा प्रस्तुत हुने र कुनैपनि हालतमा नछोड्ने बेलबारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकीले बताएका छन् ।

ईलाका प्रहरी कार्यलय बेलबारीमा प्रमुख भएर आएको ११ औँ दिनमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी बुधबार बिहान उनले यस्तो प्रतिबद्धता जनाएका हुन ।उनले आफु प्रमुख भएर आएको ११ औँ दिन सम्ममा लेटाङ , गछिया र केराबारीका खोलाहरुमा अबैध तस्करीमा संलग्न आधा दर्जन बढी ब्यत्ति र ट्रयाक्टर नियन्त्रणमा लिएको, केराबारीमा गुण्डागर्दीमा संलग्न ब्यत्ति र अबैध घरेलु मदिरा बेचबिखन र ओसार पसारमा संलग्नलाई पक्राउ गरी सवारी सहित कारबाही गरेको रातोतारा डट कमलाई बताए ।         
                                           आउँदै गरेको चाडवाडलाई लक्षित गर्दै शान्ति सुरक्षा कायम गर्ने र कुनैपनि स्वार्थ समुहको प्रभावमा परेर काम नगर्ने बताउँदै उनले होटल तथा लजहरुमा हुने अनैतिक क्रियाकलापमा समेत कडाई गर्ने काम थालिएको बताए । आफ्नो कार्यकालमा सबैलाई समान ब्यबहार गर्ने र कसैको प्रभावमा नपरि काम गर्ने उनले प्रतिबद्धता जनाए । रामकुमार राई ईलाका प्रहरी कार्यलयबाट सरुवा भएर गएपछि बुढाथोकी नयाँ ईन्चार्जका रुपमा बेलबारी आएका हुन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.