Websoft University

राष्ट्रिय हितका लागि सरकार दृढताका साथ उभिनुपर्ने– नेता भीम रावल


काठमाण्डौ साउन २९ गते । रातो तारा डट कम,नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले छिमेकी देश र अन्तराष्ट्रिय जगतमा भएको घटनाबाट पाठ सिकेर राष्ट्रिय हितमा दृढताका साथ उभिनुपर्ने बताउनुभएको 
छ । हालै भारतको जम्मु कश्मिरमा भएको घटनातर्फ लक्षित गर्दै हिजो प्रतिनिधिसभाको विशेष समयमा रावलले छरछिमेक र अन्तराष्ट्रिय जगतमा भएका घटनाबाट पाठ सिक्नुपर्ने बताउनुभएको हो । ‘नेपालकै छरछिमेक र अन्तराष्ट्रिय जगतमा घटेका घटनाक्रम र राजनीतिक परिस्थितिलाई गम्भीर रुपमा विश्लेषण गर्दै समय काल र अवस्थाअनुरुप राष्ट्रिय हितमा दृढताका साथ अग्रसर हुन आवश्यक रहेको नेता रावलको भनाइ छ । शक्ति राष्ट्रहरुले समेत राष्ट्रिय स्वाभिमानलाई महत्व दिइरहेको अवस्थामा अस्थिर राजनीति र द्वन्द्वको अवस्थाबाट नयाँ परिस्थितिमा प्रवेश गरेको नेपालले चनाखो भई आफ्नो हितको रक्षा गर्नुपर्ने उहाँको भनाइ छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.