Websoft University

रोकिएन बारामा नदीजन्य पदार्थको निकासी पैठारी


काठमाण्डौ साउन २९ गते । रातो तारा डट कम,बाराको लालबकैया लगायतका साना नदीहरुबाट वर्षाको समयमा पनि नदीजन्य पदार्थ निकासी पैठारी निरन्तर भैरहेको छ । समयमा पनि निरन्तर निकासी पैठारी गरिएका छन । असारदेखि भदौ महिनाभरी नदी जन्यवस्तु निकासी पैठारी गर्न नपाउने भएपनि केही स्थानिय ठेकेदारहरु र क्रसर उद्योगहरुले नदिमा जेसिवी लगाएर खुलेआम बालुवा निकाली रहेका छन् । यसरी जथाभावि नदिजन्य पदार्थ निकालिएपनि स्थानिय सरकार भने मौन रहेको छ । त्यस्तै अनुगमन गर्ने निकाय जिल्ला समन्यव समितिले समेत केहि कार्वाहि गरेको छैन । निजगढ नगरपालिका  पाँचको भमरा नदिमा जेसिवी लगाएर नौ वटा टयाक्टर मार्फत नदीजन्य बालुवाको निकासी पैठारी भई रहेको छ । वन ऐन तथा स्थानीय निकाय सञ्चालन ऐन अनुसार असारदेखि भदौ सम्म ३ महिना नदी जन्यवस्तु पदार्थको निकासी पैठारी गर्न नपाईने साथै गरेको पाईएमा कानुन बमोजिक कार्वाही गरिने व्यवस्था छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.