Websoft University

रुणखोलाको पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


काठमाण्डौ साउन २९ गते । रातो तारा डट कम,नवलपरासी पूर्वको अरुणखोलाको पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिका अन्र्तगत अरुणखोलामा पर्ने अरुणखोला पुलमा आज बिहान ४ बजेतिर ट्रक ठोक्किदा पुलमा क्षति पुगेको हो । 

पुलमा क्षति पुगेपछि अहिले पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किदा पुलको एक ठाउँ दुई मिटर तल लच्किएकाले पुलबाट ठुला सवारी साधन आवत जावत गर्न नसक्ने अवस्था रहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । 

ट्रक समेत पुलको फलाममा अड्किएकाले निकाल्ने काम भईरहेको उहाँले बताउनुभयो । ट्रक निकाले पनि पुलबाट ठूला सवारी साधन आवतजावतमा भने समस्या हुने उहाँले बताउनुभयो । अहिले यात्रुबहाक बस समेत रोकिएका छन् । प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारेर पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था मिलाइएको जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.