Websoft University

उदयपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनाबाट ४२ जनाले ज्यान गुमाए


श्याम राइ- गाईघाट साउन २१ गते । रातो तारा डट कम, उदयपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनाबाट ४२ जनाले ज्यान गुमाएका छन् । गत असार सम्मको तथ्याङ्क सार्वजनिक गर्दै ट्राफिक  प्रहरीले साना ठूला सवारी दुर्घटनाबाट ३६ जना पुरुष,  ४ जना महिला र २ जना बालकको मृत्यु भएको उल्लेख गरेको छ । 

त्यसैगरी दुर्घटनाबाट ८५ जना गम्भिर र ९३ जना सामान्य घाइते  भएका छन् ।  अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा सवारी दुर्घटनामा परी ३५ जना को मृत्यु भएको थियो भने ८६ जना गम्भीर घाइते र ६५ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । 
अघिकांश सवारी दुर्घटना चालक र सहचालकको लापरवाहीबाट भएको  ट्राफिक इन्चार्ज सइ दिनेश कुमार चौधरीले  बताए हरेक वर्ष दुर्घटनाको संख्या बढ्दै गइरहेको छ । उनले भने–चालक र सह चालकले ट्राफिक नियम विपरीत सवारी साधन चलाउने गरेकाले दुर्घटना बढेको हो । 

राजस्व संकलनमा वृद्धि जिल्ला ट्राफिक कार्यालय उदयपुरले गत आर्थिक वषृ मा ९४ लाख ३१ हजार रुपैया राजस्व उठाएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधन कारवाही गरे वापत उक्त रकम संकलन गरेको ट्राफिक प्रहरीले जनाएको छ । 

गत वर्ष ट्राफीक नियम उल्लङ्घन गर्ने १४ हजार २ सय ९५ वटा सवारी चालक तथा सवारी साधनलाई कारवाही गरी उक्त रकम राजस्व संकलन गरेको प्रमुख सइ चौधरीले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.