Websoft University

कक्षा ११ भर्ना भएको विद्यार्थीलाई मोडर्न एरा कलेजको स्वागत



विराटनगर । रातो तारा डट कम, विराटनगरको उत्तरी भेग रहेको मोर्डन एरा कलेजले कक्षा–११ मा भर्ना भएका नयाँ विद्यर्थाीहरुलाई आज सोमबार एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ ।

कलेजमा भर्ना भएका ७ औं ब्याचमा विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा जानकारी दिँदै स्वागत गरेको हो ।

व्यवस्थापन संकायमा पठनपाठन हुँदै आएको कलेजले यस शैक्षिक सत्रदेखि विज्ञान तथा  होटेल मेनेजमेन्टको कक्षा समेत सञ्चानल गरेको कलेज व्यवस्थान समितिका अध्यक्ष इन्द्र राईले जानकारी दिए ।

तीने संकायमा गरि २ सय २६ जना विद्यार्थीहरु भर्ना भएको कलेजले जनाएको छ । कार्यक्रममा केलेजका अध्यक्ष राईले विराटनगरको उत्तरी भेगमा अलग्गै पहचान बनाउँन सफल रहेको यस कलेजले २–३ वर्षमा विज्ञान संकायमा नमुना कलेज बनाउँने दावी गरे । मर्डन एरा कलेजमा भर्ना भएका विद्यार्थीको करियरको सुनिश्चि हुने बताए ।   

कयृक्रममा कलेजका को–अर्डिनेटर ठाकुरराज भण्डारी, स्कूलका प्रिन्सिपल राम घिमरे, क्याम्पसका क्याम्पस गोविन्द निरौलालगायले कलेजमा भर्ना भएको विद्यार्थीलाई सफलताको शुभ कामजन दिए ।

कक्षा–१२ का विद्यार्थीले भर्ना भएका नर्या विद्यार्थीलाई नृत्य तथा गित गाएर स्वागत गरे भने स्कूलमा अध्ययनरत विद्यार्थीले समेत  नृत्य गरि मनोरञ्जन दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.