Websoft University

एनसेल लाभकर छली पकरणको फैसला आज सर्वोच्चले सुनाउँदै



काठमाण्डौ साउन २१ गते । रातो तारा डट कम,निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर खरिदबिक्री हुँदा भएको भनिएको लाभकर छली विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले आज दोस्रो पटक फैसला सुनाउने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र राणासहितको पूर्ण इजलासले टुङ्ग्याएको विवादमा फेरि सर्वोच्चमा रिटको क्षेत्राधिकार अन्तर्गत एनसेल आएपछि केही महिनादेखि विचाराधीन थियो । एनसेलले लाभकर छुट हुनुपर्ने दाबी गरेको मुद्दा सर्वोच्चका पाँच न्यायाधीशले पुनः सुनुवाई गर्दै आज फैसला मिति तोकेका थिए ।

दुवै पक्षका कानुन व्यवसायीको बहसपछि निर्णय सुनाउने मिति तोकिएको मुद्दामा हुने फैसलाले राजश्वको लामो विवाद अन्त्य गर्नेछ भने यो फैसला करका लागि नजिर समेत भएर बस्नेछ । न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, शुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले फैसला सुनाउन लागेकोहो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको ५ सदस्यीय बृहत् पूर्ण इजलासले २०७५ माघ २३ गते एनसेलले लाभकर तिर्नुपर्ने फैसला गरेको थियो । फैसलापछि ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.