Websoft University

अन्तराष्ट्रिय युवा दिवस नेपालमा पनि मनाइँदै


काठमाण्डौ साउन २७ गते । रातो तारा डट कम,अगस्त १२ मा मनाइने अन्तराष्ट्रिय युवा दिवस, आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘शिक्षामा रुपान्तरण’ भन्ने नारा अन्तरराष्ट्रिय रूपमा भए पनि नेपालमा भने ‘उद्यमशीलता र नव प्रवर्तन’ भन्ने नारासहित युवा तथा खेलकुद् मन्त्रालय, राष्ट्रिय युवा परिषद्को आयोजनामा सरकारी स्तरमा बिभिन्न कार्यक्रम तय गरिएको छ । 

परिषद्को आयोजनामा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा मूल समारोहको आयोजना गरिएको छ । त्यसअघि बिहान काठमाडौँको भृकुटीमण्डपबाट ¥यालीको आयोजना गरिएको परिषद्का कायममुकायम प्रशासकीय प्रमुख डा बाबुराम ढुङ्गानाले सीआईएनलाई जानकारी दिनुभयो । सहिदगेट, जमल हुँदै ¥याली प्रज्ञामा पुगेर सभामा परिणत हुनेछ । 

मूल समारोहलाई कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रमका बीच ‘प्रधानमन्त्री प्रतिभा पुरस्कार’, ‘युवा प्रतिभा तथा उद्यमी सम्मान’ वितरण गरिनेछ । युवा सिर्जना प्रदर्शनी, वकतृत्वकला तथा निबन्ध प्रतियोगिता, परिसम्वाद कार्यक्रम, युवा सम्वाद कार्यक्रम, रक्तदान कार्यक्रम, युवा युद्यमी सम्मेलनलगायतका कार्यक्रम पनि प्रज्ञामा हुुनेछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.