Websoft University

१०,१० हजारका दरले बिरुवा रोपेर प्रदेश राजधानीहरुलाई सरकारले हरीयाली शहर बनाउने



बिराटनगर, साउन २७ गते । रातो तारा डट कम,शहरी विकास मन्त्रालयले सात प्रदेशका मुख्य सात शहरलाई सौन्दर्यकरण र हरित शहरका रुपमा विकास गर्न वृक्षारोपण अभियान सुरु गरेको छ । 

शहरी विकासमन्त्री मोहम्मद इस्त्यिाक राईले प्रदेश पाँचको नेपालगन्जबाट अभियानको सुरुवात गर्नुभएको
हो । प्रदेशका प्रमुख शहरहरुको सौन्दर्यकरण र हरियालीका लागि मन्त्रालयले वृक्षारोपण अभियान सुरु गरेको मन्त्री राइले बताउनुभयो । 

प्रदेश पाँचको नेपालगन्ज, प्रदेश एकको विराटनगर, प्रदेश दुईको जनकपुर, प्रदेश तीनको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, कर्णालीको प्रदेशको सुर्खेत र सुदुर पश्चिम प्रदेको धनगढीमा १०÷१० हजारका दरले विभिन्न जातका आकर्षक विरुवा रोपिने छ । 

सौन्दर्य झल्काउने ति विरुवा भारतको कोलकत्ताबाट ल्याइएको हो । चालू आर्थिक बर्षमा वृक्षारोपण गरेर सक्ने मन्त्रालयको योजना छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.