Websoft University

सरकारले कृषि युवा उद्यम कार्यक्रम ल्याउने


काठमाण्डौ साउन ३२ गते । रातो तारा डट कम,सरकारले कृषि युवा उद्यम कार्यक्रम यसै वर्ष सञ्चालन गर्ने भएको छ । त्यसका लागि कार्यविधी बनाउने काम अन्तिम चरणमा रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

२५ जिल्लाबाट शुरु गरिने कार्यक्रमले ५ सय किसानलाई समेट्ने छ । कार्यविधी अनुसार कार्यक्रम सञ्चालन गर्न चाहनेले स्थानीय तह तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाजनामा निवेदन दिनुपर्नेछ । यस कार्यक्रममा रहेर काम गर्नेको उमेरहद १८ देखि ४५ वर्षसम्म तोकिएको छ । 

कार्यक्रमका लागि ५० करोड रुपैंया छुट्याईएको कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले सीआईएनसँग बताउनुभयो । किसानले परियोजना छान्दा त्यसैबाट आफ्नो परिवारको जिवीकोपार्जन चल्ने खालको परियोजना छान्नुपर्छ । माछा, मासु, दूग्ध, फलफूल, तरकारी, कृषि प्रशोधन तथा कृषि फार्म परियोजनालाई विशेष प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.