Websoft University

प्रदेश २ को सरकारले बेरोजगार रोजगार बनाउन युवाहरुलाई सीप प्रदान गदै,



काठमाण्डौ साउन ३२ गते । रातो तारा डट कम,प्रदेश २ सरकारले अबको तीन वर्षभित्र करीब ४२ हजार युवाहरुलाई रोजगारी दिने तयारी थालेको छ । त्यसका लाष् िहिजो प्रदेश सरकारले पहिलो चरणमा बिभिन्न ६ वटा संस्थासँग बेरोजगार युवाहरुलाई सीप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने सम्झौता गरेको छ । 

प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउत, सिप कार्यक्रमका टिम लिडर बलजित बोहरा र सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरेकाहुन् । सो क्रममा मूख्यमन्त्री राउतले प्रदेश २ मा सबैभन्दा बढी बेरोजगारीको समस्या रहेकोले बेरोजगारीको समस्यालाई क्रमशःसमाधान गर्ने लक्ष्य अनुरुप प्रदेश सरकारले युवाहरुलाई सीप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने र स्वरोजगार बनाउने सम्झौता गरेको बताउनुभयो । 

कार्यक्रम वैदेशिक रोजगारीमा जाने युवा तथा गरिव, दलित, महिलालाई लक्षित गरि सञ्चालन गरिनेछ । नेपाल श्रमशक्ति सर्वेक्षण २०७४÷७५ को प्रतिवेदनअनुसार नेपालको कुल बेरोजगारी दर ११.६ प्रतिशत रहेको छ भने प्रदेश २ मा सबैभन्दा बढी २०.१ प्रतिशत बेरोजगारी दर रहेको छ । जसमा पुरुषको १५.३ र महिला २८.६ प्रतिशत बेरोजगारी दर रहेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.