Websoft University

इटहरीमा गाईजात्रे धमाका


शिव भट्टराई, मोरङ साउन ३१ गते । रातो तारा डट कम,
समाजमा रहेका विकृति र विसंगतीहरु प्रति तिखो व्यगं प्रहार गर्दै हास्य कला प्रस्तुत गर्ने दिनका रुपमा मनाइने गाइजात्राको अवसर पारेर सुनसरीको इटहरीमा कलाकारहरुले प्रहसन सहितको कला प्रस्तुत गरेका छन ।

इटहरी क्षेत्रमा भईरहेका राजनैतिक गतिविधि साथै अन्य विषयवस्तुहरुलाई समेटेर कलाकार प्रकास सुव्बाको निर्देशनमा कलाकारहरुले हास्यव्यगं प्रहसन गरेका हुन ।
हास्यव्यगं प्रहसनलाई प्राथमिकतामा राखेर आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा कलाकारहरुले गायन तथा नृत्यकला समेत प्रस्तुत गरिएको थिए ।

चलचित्र कलाकर्मी महासंघ प्रदेस नम्बर १ , हसं बाहिनी फिल्मस प्रालि ,इटहरी साहित्यीक समुह लगायतको आयोजनामा आयोजित हास्यव्यगं सहितको सांस्कृतिक कार्यक्रममा कलाकारहरु भिम तामागं , कृष्ण नेपाल ,तिर्थ याक्सो ,दिनेश कोइराला, गंगा गौतम , हेमन्त खनाल ,मनिता तामागं, यज्ञनेश सुब्बा लगायतको प्रस्तुति रहेको थियो ।

मल्लकालीन समयमा राजा प्रताप मल्लका छोराको मृत्यु भएपछि रानी विपक्षिप्त बन्न पुगेपछि रानीलाई शान्त पार्न गाइजात्रा निकाल्ने देखि लिएर हास्य प्रस्तुतिहरु गर्ने चलन चलेको जनविश्वास रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.