Websoft University

बालविकासको अवधि बढाउन विज्ञको सुझाव

 

काठमाण्डौ साउन १६ गते । रातो तारा डट कम,सामूदायिक विद्यालयमा प्रारम्भीक बालविकासको समय अवधि बढाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । माध्यमिक शिक्षा परिक्षा अर्थात एसईईमा सामूदायिक विद्यालयको नतिजा राम्रो नआउनुको कारणमध्ये बालबालिकालाई विद्यालय पूर्व पर्याप्त सिकाई र समय दिन नसक्नु पनि मुख्य भएको भन्दै उनीहरुले दुई वर्ष भन्दा बढी समय प्रारम्भीक बालविकासको कक्षा सञ्चालन गर्न सकिने सुझाव दिएका हुन् । सीआईएनसँग कुराकानी गर्दै शिक्षा विभागका पूर्व महानिर्देशक महाश्रम शर्माले सामूदायिक विद्यालयका प्रधानाध्यापक, अभिभावक र सरकारले पनि यो विषयमा सोच्नुपर्ने बताउनुभयो । प्रारम्भीक बालविकासको सिकाइलाई प्रभावकारी बनाउन विद्यालयमा कार्यरत बालविकास केन्द्र सहयोगी कार्यकर्ताको सेवा सुविधा र पारिश्रमिकका विषयमा लामो समयदेखि चल्दै आएको विवाद सरकारले छिट्टै टुंगोमा पुर्याउनुपर्ने शर्माको भनाइ छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.