Websoft University

मेची–महाकाली मेल र कर्णाली रेलको कथा


काठमाण्डौ साउन २६ गते । रातो तारा डट कम,सामाजिक सञ्जाल ट्विटरमा शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई धेरैले उडाए। कारण थियो मन्त्रालयको वेबसाइटमा राखिएको एउटा तस्बिर। मेची–महाकाली मेल र कर्णाली लेखिएका र नेपालको झण्डा अङ्कित रेल देखिने तस्बिरमा केपी शर्मा ओली नेतृत्वको सरकारको रेल मोहको झल्को देख्न सकिन्छ। 

रेलमार्गबाट नेपाललाई चीन जोड्ने योजनाबारे विमर्श भइरहेका बेला सक्कलीजस्तै देखिनेगरी सरकारी वेबसाइटमा सो तस्बिरले स्थान पाएको छ। रेलको नाम र पछाडि भएको भवनको नाम पनि नेपालीमै छ। तर रेल स्टेशनमा देखिने विदेशी लिपिका राता अक्षरले भने असावधानीपूर्वक गरिएको तस्बिर सम्पादन र त्यसलाई स्थान दिने मन्त्रालयको अपरिपक्व निर्णय छलाछुल्ल भएको देखिन्छ।

रेल चढेका प्रधानमन्त्री सामाजिक सञ्जालमा चर्चित“रेल पनि आउँछ, जहाज पनि चल्छ। स्टेशन, टिकट काउन्टर सबै खुल्छ” यही विषयबारे समाजिक सञ्जालमा सरकारप्रति कटाक्ष गरिएको छ। धेरैले चिनियाँ भाषामा स्टेशनको नाम रहेको अनुमान गरेका छन । 

कहिले अप्लोड गरिएको भन्ने अनुमान गर्न गाह्रो भए पनि शनिवार बिहान अन्तर्राष्ट्रिय लगानी मामिलाका विज्ञ सेमन्त दाहालले ट्विटरमा उक्त तस्बिरबारे लेखेका थिए।  बीबीसीबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.