Websoft University

द विहानी डान्स सेन्टर इटहरीले विभिन्न कार्यक्रम गर्दै


सुनसरी शिव भट्टराई साउन २५गते । रातो तारा डट कम,
इटहरी-द विहानी डान्स सेन्टर इटहरीको आयोजनामा भैरहेको प्रदेस नं. १ स्तरीय  मिसेस तिजको दास्रो अडिसन बाट ८ जना छनौट भएका छन्  । द विहानी डान्स सेन्टरले विगतमा पनि यस्तो प्रकारको कार्यक्रमहरु गर्दै आएकोमा यो  वर्ष भने पहिलो अडिसनमा २५ जना  छनौट भएका थिए भने दोस्रो अडिसनमा १५ जनाले भाग लिएको मा ८ जना छनौट भएका हुन्।

अडिसनमा सहभागीहरुलाई रेम्स वर्क,कुकरी,पब्लीक स्पीकीङ,ब्युटि टिप्स,रिफ्रेसमेन्ट टुर,फोटोसुट,अकुवा जुम्वा,हेल्थ टिप्स,रक्तदान,लगायतको विषयमा तालिम दिइने  आयोजकले जानकारी गराएको छ । यो पटक भएको अडिसनमा आयोजक समुहका सन्दिप कार्की,२०७४ सालका मिसेस तीज रञ्जु सिग्देल,मार्टिना मेकअप स्टुडियो इटहरीकी उर्वी श्रेष्ठ,२०७५ की फ्रस्ट रनरफ मेनुका माझीे जज गरीरहेका छन् ।

हिन्दु नारीहरुको महान चाड हरीतालिका तीजको अवसरमा गरीने यस्तो प्रकारको कार्यक्रमले महिलाहरुमा भएको क्षमता अभिवृद्धि गर्ने उदेस्यले यस्तो मिसेस तिजको आयोजना गर्न लागीएको कार्यक्रम संयोजक प्रनिसा उदासले वताइन् । त्यसै गरी मिसेस स्टेट निरा गुरुङ भन्छिन् यस्तो प्रकारको कार्यक्रमहरु गरीरहनु एकदमै जरुरी रहेको छ किनकी कतिपय दिदिवहिनीहरु घर भित्रनै सिमीत भइरहेको कारण पनि वहाहरुलाई विभिन्न प्रकारको  समस्या देखा परीरहेको छ,घरमा एक्लै वस्दा फुर्सदीलो हुनाले विभिन्न प्रकारको कुराहरु सोचेर डिप्रेसन हुने सम्म गरेको पाइन्छ ।

त्यसैले यस्तो प्रकारको कार्यक्रमहरुले महिलाहरुमा भएको क्षमता देखाउने तथा विभिन्न प्रकारको अवसरहरु प्राप्त गर्ने मौका मिल्ने गरेको पाइन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.