Websoft University

असोज पहिलो साता क्यानको चुनाव हुने


काठमाण्डौ साउन २६ गते । रातो तारा डट कम,नेपाल क्रिकेट संघ क्यानको चुनाव असोज पहिलो साता हुने भएको छ । चुनाव प्रक्रियाका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिलआईसीसी) ले बनाएको स्वतन्त्र समितिले केन्द्रीय साधारणसभा असोज ३ र ४ गते (सेप्टेम्बर २० र २१) गर्न प्रस्ताव गरेको हो । 

त्यसमा आईसीसीको सहमति आउन बाँकी छ । जिल्ला, प्रदेश हुँदै केन्द्रको चुनाव भएर निर्वाचित क्यानले नयाँ कार्यसमितिलाई कार्याभार हस्तान्तरण गरेपछि क्रिकेट संघ निलम्बनको बाटो खुल्नेछ ।  साउन पहिलो साता बसेको आईसीसीको साधारणसभाले नेपालले निर्वाचन प्रक्रिया पुरा गरे बोर्ड बैठकले निलम्बन फुकुवा गर्न सक्ने अधिकार दिइसकेको छ ।  क्रिकेट संघमा अहिले प्रादेशिक चुनाव भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.