Websoft University

विद्युत कटौतीले लोभोल्टेज, ट्रिपि¨लगायतका कुराले उधोग व्यवसायमा परेका समस्याका बिषयमा छलफल कार्यक्रम आज सम्पन्न


बिराटनगर साउन २८ गते । रातो तारा डट कम,उद्योग संगठन मोरंङको आयोजनामा यस क्षेत्रका उद्योगी-व्यवसायी र नेपाल विद्युत प्राधिकरण विराटनगर शाखा प्रमुख,दुहवी ग्रिड प्रमुख,कटहरी शाखा प्रमुख लगाएतको उपस्थितीमा विगत केहि समसयता बढीरहेको विद्युत कटौतीले लोभोल्टेज, ट्रिपि¨लगायतका समस्या र सामाधानका उपायका सम्बन्धमा आज मिति २०७६ श्रावण २८ गते छलफल सम्पन्न भयो । 

छलफल संगठन अध्यक्ष्ँ भीम घिमिरेले नेपाल विद्युत प्राधिकरणको औद्योगीक लोडसेडि¨ले मेनरोड र ट्रिपि¨को कारण उद्योगी÷व्यवसायी आक्रान्त भएको जानकारी गराउनु भयो । बारम्बार विद्युत अवरुद्धताले एकतर्फ उत्पादनमा ह्रास आई कच्चा पर्दाथ खेर गईरहेको छ भने अर्काेतर्फ उद्योगका मेशिनरी विग्रनाले उद्योगमा ठुलो क्षती भईरहेको वताउनु भयो । उहाले विद्युत प्राधिकरणले अविलम्वन समस्या सामाधान नगरे उद्योगी÷व्यवसायीले उद्योग बन्द गरेर चावी विद्युत प्राधिकरण लाई सुम्पने वताउनु भयो । 

अध्यक्ष घिमिरेले विद्युतकोे अवस्थाका कारण उद्योगहरु पूर्ण क्षमतामा संचालन हुननसकेको, उत्पादन लागत वृद्धि भईरहेकोले विद्युतको समस्या समाधान गर्न संगठन सम्वन्धित निकायमा पहल र सहयोग गर्न तयार रहेको स्पष्ट पार्नू भयो । 
संगठनका उपाध्यक्ष प्रदिप मुरारका, राजकुमार गोल्छा, राकेश  सुरानाले विद्युतको कारणले गर्दा उद्योग÷व्यवसाय धरासायी हुन लागेको भन्दै समस्या अविलम्व समाधान गर्न अनुरोध गर्नू भयो । 

उहाहरुले देशको अरु औद्योगीक करिडोरमा सुनसरी–मोरंग औद्योगीक जस्तो विद्युत समस्या नभएकाले यस क्षेत्रका उद्योग व्यवसायले दैनिक दश देखि पन्ध्र पटक सम्म विद्युत कटौतिको समस्या भोग्नु परेकोले उत्पादनमा ठुलो क्षति व्यहोर्नू परेको बताउनु भयो । उपाध्यक्ष प्रदिप मुसरारकाल कटहरि क्षेत्रका उद्योगीको अवस्था अत्यन्त दयनीय    हुदै गएको, विद्युतको कारण उद्योगको पार्टपुर्जा जल्ने, विग्रने गरेकाले समस्या समाधानका लागी तत्काल प्रारम्भ गर्न अनुरोध गर्नु भयो । 

संगठनका कार्यकारिणी समिति सदस्य सुरेन्द्र गोल्छा, सुनिल धनावत, तारानाथ निरौला, विपिन काबराले नेपाल विद्युत प्राधिकरणले जनशक्तिको विकास र परिचालनमा समेत ध्यान पु¥याउनु पर्ने विचार व्यक्त गर्दै विद्युत कटौतिको पुर्वसुचना दिनु पर्ने, पुराना संरचनालाई परिवर्तन गर्ने तर्फ ध्यान दिनु पर्नेमा जोड दिनु भयो । 

नेपाल विद्युत प्राधिकरण विराटनगर शाखा कार्यालयका प्रमुख राजीव सिंहले भारत र नेपालको विद्युत चेन्जओभर गर्नू पर्ने भएकाले पटक पटक विद्युत अवरुद्ध हुने गरेको बताउनु भयो । शाखा प्रमुख सिंहले केहि दिनअघि आएको वाढीका कारण विद्युत प्राधिकरणलाई ठुलो क्षति हुनुका साथै ठाउ ठाउमा विद्युतको पोलका साथै रुखहरु विद्युत लाइनमा ढल्नाले वितरण प्रणलीमा समस्या आएको भएतापनि प्राधिकरणले आफ्नो श्रोत र साधन परिचालन गरी मरम्मत सम्भारको कार्य गर्दै आएको बताउनु   भयो । 

दुहवी ग्रिड प्रमुख रेवत कुमार चौधरीले रंगेली, कटहरीका उद्योगहरु लामो दुरीमा स्थापना भएकाले दुहवी ग्रिडबाट त्यस क्षेत्रको उद्योगहरुमा सप्लाई गरीएको विद्युतमा भोल्टेज ड्रप  हुने समस्या समाधानका लागी प्राधिकरणले कर्य प्रारम्भ गरीसकेकोृ जानकारी गराउनु भयो । उहाले कतिपय समस्याकोे समाधान केन्द्रबाट मात्र हुने. भएकाले केन्द्रमा समेत पहल गर्न संगठनलाई अनुरोध गर्नू भयो । 

कार्यक्रममा संगठनका उपाध्यक्ष राजकुमार गोल्छा, प्रदिप मुरारका, राकेश सुराना उर्जा समिति संयोजक सुनिल काुमार धनावत,कार्यकारिणी सदस्य तारानाथ निरौला, सुरेन्द्र गोल्छा,  विपिन कावरा, विद्युत प्राधिकरणका रविन्द्र कुमार दास, राजेश कुमार झा, कटहरी, रंगेली तथा सुनसरी मोरंग औद्यौगीक करिडोरका उद्योगी÷व्यवसायीको उपस्थित रहेको थियो । 

कैलाली उद्योग वाणिज्य संघको भ्रमण टोलीका साथ छलफल
आजै कैलाली उद्योग वाणिज्य  संघका अध्यक्ष पुष्पराज कुवरको नेतृत्वमा कैलालीबाट आएको उद्योगी÷व्यवसायीको प्रतिनिधि मण्डलका साथ संगठनको कार्यकारिणी समितिको भेटघाट तथा छलफल सम्पन्न भयो । 

कैलाली भैमण टोलीलाई संगठनको सचिवालयमा स्वागत गर्दै संगठनक अध्यक्ष भीम घिमिरेले भ्रमण आपसी भेटघाटले सम्वन्ध प्रगाढ मात्र नभई एकअर्काको समस्याबाट समेत अवगत हुने बताउदै कैलाली उद्योग वाणिज्य संघको टोलीलाई विराटनगरमा स्वागत गर्न पाएकोमा खुशि व्यक्त गर्नू भयो  । 

कैलाली उद्योेग वाणीज्य संघका अध्यक्ष पुष्पराज कुवरले न्यानो आतिथ्यता प्रदान गरेकोमा खुशि व्यक्त गर्दै नेपालकै औद्यौगीक शहरको भ्रमणले  आफुहरुलाई प्रेरणा मिल्ने वताउनु भयो । उहाले देश भरिका उद्योगी÷व्यवसायीहरुको समस्या उस्तै भएकाले व्यवसायीक हितका लागि उद्योगी÷व्यवसायी एकजुट हुनु पर्नेमा जोड दिनु भयो । 

कार्यक्रममा संगठनको कार्यकारिणी समिति सदस्य, महिला उद्यम समितिका सदस्य र कैलाली उद्योग वाणिज्य संघका उन्नाई जना प्रतिनिधिको सहभागित रहेको कुरा प्रेस विज्ञप्ति मार्फत आज जनाएको हो।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.