Websoft University

विद्युत समस्या समाधान गर्न स्थानियले सामुदायिक ग्रामिण विद्युत सहकारीलाई बुझाए ज्ञापन पत्र।


शिव भट्टराई ,। रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालीका वडा नम्बर ४ मा रहेको मोरङ सामुदायीक ग्रामिण विधुत सहकारी संस्था लिमिटेडले उपभोक्तालाई ठगीरहेको आरोप स्थानीयले लगाएका छन्।  वि सं २०६१ मा स्थापना भएको सहकारी संस्था बाट स्थानीयवासीहरु झन्झट ,दुख्ख र सास्ती व्यहोर्न बाध्य छन्।

साविक सुन्दर दुलारी नगरपालीका भित्र वसोाबस गर्ने वडा न. ३ ,४,५,६,७ मा विधुत विस्तार र आपूर्तिको सम्पुर्ण कार्य गर्ने भनि सर्त सहित विधुत विभागले सिफारीस नेपाल सरकारको मन्त्रि परीषदको निर्णय अनुसार मोरङ सामुदायिक ग्रमिण विधुत सहकारी सस्था लाई जिम्वेवारी दिएको थियो । तर उक्त सहकारीले जिम्वेवारी पुरा नगरेको स्थानीयको आरोप छ ।

त्यस क्षेत्रका स्थानीयले असन्तुष्टिहरु आवाजहरु पटक पटक  उठाउदै आएका छन तर  दैनिक ९,१० घण्टा लोडसेडिङ मात्र हैन जव जव साझ पर्छ तव तव विधुतिय नाटक मञ्च शुरु हुन्ने स्थानीय बताउछन ।

स्थानीयले समस्याहरु सहकारीका जिम्वेवार व्यक्ति सँग कुरा राख्दा यो हाम्रो दोस हैन नेपाल सरकार विधुत प्राधिकरण को दोष हो भन्दै पन्छीन खोज्ने गरको स्थानीयको भनाइ छ । ११ हजार भोल्ट आउनु पर्नेमा ७ हजार मात्र दिएको र  विराटचोकमा हुुन पर्ने सव स्टेसन केरावारी पुप्याइ दिएको भन्दै नाराजुलुस सहित स्थानीयले ज्ञापन पत्र बुझाएका छन्।

यता संचालक समितीको अध्यक्ष जनताको समस्या र माग सहि भएको बताएका छन तर सरकारको कारण आफुले जनताको माग पुरा गर्न नसकिने बताएका छन ।

आक्रोशित स्थानीयहरुले  इटहरीको लाइनमा जोडीदिन माग माग गरका छन । नेपाल सरकारले दिने सेवा सुविधा निस्चित व्यक्ति र सरकारी संथाले दिन न सक्ने भएको हुनाले यो जनताको नासो प्राधिकरणलाई बुझाइ पाउँ  भन्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन ।

 साथै सुकुम्बासि तथा नयाँ बस्तिहरुमा प्रधिकरणकै लगानिमा पोल तथा तार जडानगरी विधुत विस्तार को माग गरेका छन । सरकारी निकायबाट सहकारी क्षेत्रको बेलाबेला  अनुगमन र नियमन हुन नसकेको कारण पनी यस्ता समस्या देखीएकोो
हो  । ३२ जना मात्र सेयर सदस्य रहेको तर वार्षीक करडौ रमक कारोवार गर्ने यो र यस्ता गलत प्रवृत्तिका सहकारीको कारण सहकारीमा विकृति देखा पर्न थालेको स्थानीयले बताएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.