Websoft University

जिल्ला कारागार उदयपुर कैदी बन्दीहरु विरामी-३ जना चिकित्सक सहितको टोलीले उपचार सुरु गरे

श्याम राई-गाईघाट,साउन २१ गते । रातो तारा डट कम, जिल्ला कारागार उदयपुरमा रहेका सबै जसो कैदी बन्दीहरु विरामी परेपछि जिल्ला अस्पताल उदयपुरका ३ जना चिकित्सक सहितको १५ जना स्वास्थ्यकर्मीको टोलीले मंगलबारदेखि उपचार शुरु गरेका छन् ।

कारागारमा शनीबार २ जना कैदी बन्दी विरामी परेपछि सोमबारसम्म ११६ जनामा रोग फैलिएको छ । कैदी बन्दी सबैमा भाईरल ज्वरो, रुधा खोकी र पखाला लाग्ने गरेको जेलर कुमार खड्काले बताए ।

‘शनीबार एक्कासी एक, दुई जना कैदी विरामी भएपछि अन्य कैदी बन्दीमा समेत रोग सर्न गएको हो ।’ उनले भने । उपचारमा संलग्न चिकित्सकले दुषित पानीको कारण कैदी बन्दीमा पखाला र ज्वरो देखा परेको बताए । वर्षाको समय भएकोले भाईरल ज्वरो एक बाट अर्कोमा सरेकोले कारागारका सबै कैदी बन्दी विरामी परेको जेलर खड्काले चिकित्सकको भनाई उद्धृत गर्दै बताए ।

जिल्ला कारागारमा अहिले १७३ कैदी बन्दी रहेकोमा ११६ जना विरामी परेकाछन् । विरामी कैदी बन्दीको मंगलबार विहानदेखि नै अस्पतालका चिकित्सक टोलीले कारागार मै बसेर उपचार गरिरहेको प्रमुख जिल्ला अधिकारी ध्रुब वहादुर खड्काले बताए ।

उनले चिकीत्सक टोलीले समयमै उपचार गरेकोले कैदी बन्दीमा कुनै खतरा नरहेको बताए । जेल र आसपासको क्षेत्रमा बरुवा खोलाबाट आउने खानेपानी योजनाबाटा पानी वितरण हुदै आएको छ । कारागारमा आउने पानी दुषित भएकोले भाईरल र पखाला रोग देखा परेको चिकीत्सकको भनाई छ ।

२०३६ सालमा निर्मित उदयपुर कारागारमा ५० जना कैदी बन्दी राख्ने क्षमता भएपनि अहिले तेब्बर भन्दा बढी कैदी बन्दी राखिएको छ । भवन समेत जिर्ण रहेकोले कैदी बन्दी समस्या परेकाछन् ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.