Websoft University

डोल प्रसाद मगरको घरमा आगो लाग्दा दुई घर पूर्ण रुपमा जलेर क्षति भएको छ


लेटाङ साउन २१ गते । रातो तारा डट कम,लेटाङ नगरपालिका वडा नं. ६ घुम्तिमा विद्युत सर्ट भई आगलागि हुँदा करिव ५० लाख वरावरको क्षति भएको छ । मेसबहादुर गजमेरकोे भान्साबाट विद्युत सर्ट भई आगो उठेको प्रहरीले जनाएको छ ।

भान्सावाट आगो सल्किदा भान्सा नजिकैमा रहेको छिमेकीहरु भक्त राई , डोल प्रसाद मगरको घरमा आगो लाग्दा दुई घर पूर्ण रुपमा क्षति भएको छ भने गजमेरको भान्सा कोठा पूर्ण रुपमा जलेको छ ।

विहान करिव ४ः ३० वजे तिर उक्त घट्ना भएको हो ।सुन्दरहरैचा नगरपालिका वाट आएको दमकल , ईलाका प्रहरी कार्यलय लेटाङ , नेपाल आर्मी, लेटाङ नगरपालिका र स्थानियको सहयोगमा आगो एकघण्टा पछि नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यलय लेटाङका पहरी नायव निरिक्षक दिपक कटुवालले जानकारी दिनुभयो ।

आगलागि पिडितहरुलाई तत्कालका लागि प्रसंसा चर्चमा खाने वस्ने व्यवस्था गरिएको वडा अध्यक्ष जंगवीर तामाङले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.