Websoft University

सुन्दरहरैचामै अन्तराष्ट्रिय क्षेत्रमा नामी र दामी एक सुन्दर मिठो र स्वादिलो ड्रागन फल!


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,सुन्दरहरैचा नगरपालिकाको वार्ड नं.३ गछियामा अन्तराष्ट्रिय क्षेत्रमा नामी र दामी फलको रूपमा चिनिने ड्रागन फल एक कृषकको घरमा लगाइएको छ।यो फल हेर्दा जस्तो सुन्दर छ खाँदा पनि उत्तिकै मिठो र स्वादिलो हुन्छ। यस फलको प्रचार प्रसार हाम्रो देशमा भर्खर मात्र हुँदै गईरहेको छ।

ड्रागन फल सुन्दरहरैचा नगरपालिका वार्ड नं.३ गछियाका किसान राम प्रसाद राईको घरमा लगाइएको छ।यस सुन्दर र स्वादिलो ड्रागन फलको फूल राती फुल्छ र असाध्यै सुन्दर देखिन्छ तर बिहान भने ओईलाइ सकेको हुन्छ।यो फल फुलेको प्राय डेढ महीनामा पाक्छ।यो फल पाक्दा ज्यादै सुन्दर र रातो रंगको देखिन्छ।

यस फललाई रोप्न सीमेन्टको खम्बा वा ईटाको वाल चाहिन्छ।यस फलको बिरुवा नर्सरीमा पाँच अथवा सात सय मा किन्न पाइन्छ र फूल पन्ध्र सय अथवा दुई हजार सम्ममा पाइन्छ।यो प्राय गर्मी हावापानी भएको देश जस्तै मलेशिया तिर पाइन्छ।यस ड्रागन फलको बारेमा हामीलाई कृषक राम प्रसाद राईले जानकारी दिनु भएको हो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.