Websoft University

कलाको लागि, प्याब्सन आँगन,

विराटनगर । रातो तसरा डट कम,‘प्याब्सन आँगनको सेमिफाइनलका लागि नृत्यतर्फबाट २५ जना छनौट भएका छन् । विराटनगरमा भएको प्रि–सेमिफाइनलमा ५१ जनाबाट उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने २५ जना सेमिफाइनलको लागि छनौट भएका हुन् ।

छनौट भएका प्रतियोगिहरूले फाइनलको लागि आउँदो साउन ११ गते प्रतिभा प्रस्तुत गर्ने प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठले जानकारी दिए । ‘सधैको लागि, सवैको लागि, राष्ट्रको शिक्षा, कलाको लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मुल नाराको साथ प्याब्सन विराटनगरले उक्त प्रतियोगिता आयोजना गरेको हो ।

विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूको अन्तर निहित कलाकारिताको दक्षतालाई अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले यो प्रतियोगितामा भाग लिएका छन् । तीन चरणको अडिसन राउण्ड पुरा गरेपछि प्रतियोगि फाइनलमा पुग्नेछन् । दुवै विधातर्फको सेमिफाइनलसम्म २५÷२५ जना छनौट गरि फाइलनमा १०÷१० जना पुग्नेछन् ।

आउँदो साउन २४ गते विराटनगरस्थित वीरेन्द्र सभा गृहहलमा हुने प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । एकल नृत्य र एकल गायन दुवै विधाका विजेताले नगर र ट्रफि प्राप्त गर्नेछन् । अन्य उपविजेता  हुने ९ जना प्रतियोगिले ट्रफि तथा पुरस्कार पाउने प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले जानकारी दिए ।

पहिलो चरणको अडिसनमा ८९ भन्दा बढी विद्यालयहरूबाट गायनमा ९५ र नृत्यमा १ सय ५५ जना गरि २ सय ५० जना प्रतियोगिहरूले भाग लिएका थिए  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.