Websoft University

त्रिवी र प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर



काठमाण्डौ । रातो तारा डट कम,नेपाल प्रहरीले शुरु गरेको समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरीबीच संस्थागत साझेदारी निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमका बीच त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थराज खनियाँ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीपत्रमा सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना फैलाउँदै अपराध रोकथाम गर्न दुवै निकायले समन्वय गर्ने विषय उल्लेख छ । समझदारीपत्रमा अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग, पाठ्यक्रम विकास, अध्ययन अनुसन्धान, सूचनाको आदान प्रदान, श्रोत व्यक्ति तथा स्वयंसेवक सम्बन्धी व्यवस्था, सुरक्षा सचेतना अभिवृद्धि, प्रकाशन, क्षमता अभिवृद्धि, सूचना प्रविधिको विकास, व्यवहारिक अभ्यास, इन्टर्नसिप, विद्युतीय पुस्तकालय, सुरक्षित विश्वविद्यालयको अवधारणा, भ्रमणको आदानप्रदान र साझेदारी कार्यान्वयनको लागि सम्पर्क विन्दु स्थापना गर्ने लगायतका विषय पनि समेटिएका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.