Websoft University

महिला फुटबल प्रशिक्षण आइतबारबाट शुरु हुने



काठमाण्डौ । रातो तारा डट कम,आगामी मंसिरमा नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि महिला फुटबल टोलीको प्रशिक्षण आगामी आइतबारबाट सुरु हुने भएको छ । अभ्यासका लागि मैदान नपाएपछि महिला टोलीको प्रशिक्षण प्रतियोगिता शुरु हुन पाँच महिनामात्रै बाँकी रहँदा पनि सञ्चालन हुन सकेको थिएन । चैत यता भने माहिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । तर खेलाडीले क्लब र प्रदेशबाट बैशाखमा नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद खेलेका थिए । अहिले महिला टोलीका ४० खेलाडीलाई सागको तयारीका लागि प्रशिक्षणमा बोलाइएको छ । नेपाली महिला टोलीले पछिल्लो समय आफ्नो प्रदर्शनमा सुधार गर्दै आएको छ । जसलाई केही दिन अगाडि सार्वजनिक फिफा वरियताको सुधारले पनि देखाएको छ । अहिले फिफा वरियतामा नेपाली महिला टोली १०१औं स्थानमा रहेको छ । यो यसअघिको वरियतामा २ स्थान सुधार हो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.