Websoft University

आज गुरु पूर्णि गुरुप्रति श्रद्धाभाव प्रकट गरेर मनाइँदै गुरुप्रति श्रद्धाभाव प्रकट गरेर मनाइँदै


काठमाण्डौ असार ३१ गते । रातो तारा डट कम,आज आषाढ शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमा मनाइँदैछ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी यो पर्व मनाउने गरिन्छ । 

ज्ञानरूपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने धर्मशास्त्रीय मान्यता छ । गुरुलाई हिन्दु धर्म शास्त्रले ब्रहृमा, विष्णु र महेश्वरका रुपमा समेत मानेकोछ । गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न संघसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्नेछन् । 

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती पनि मनाउने गरिएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.