Websoft University

गैडाटारमा बिजुली र पिउने पानीको अभाव


काठमाण्डौ असार ३१ गते । रातो तारा डट कम,लगातारको वर्षाका कारण रौतहटको चन्द्रपुर नगरपालिका वडा नं.३ गैडाटारका बिजुलीको पोल ढलेका कारण स्थानीय अंधकारमा बस्न बाध्य भएका छन् । बिजुली नभएका कारण खानेपानीको समस्या भएको वडाअध्यक्ष रवी देवकोटाले जानकारी दिनुभयो ।

चाँदी खोलामा आएको बाढीका कारण गैडाटार लगिएको बिजुलीको पोल ढलेका कारण स्थानीलाई समस्या भएको हो । बिजुली नभएका कारण खानेपानी आयोजनाको पानीको धारामा पानी आउन छाडेको स्थानीयले बताएका छन् ।

बिजुली नभएका कारण स्थानीयलाई मोवाईल चार्जको समेत समस्या भएको छ । वडानं ३ का बासिन्दाले सुद्ध पिउने पानी समेत ४ दिन देखी नपाएकोले यस तर्फ सम्बन्धीत निकायले ध्यान दिनुपर्नेमा वडाअध्यक्ष देवकोटाले जोड दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.