Websoft University

हंसवाहिनी फिल्म्सद्वारा कलाकारहरुलाई सम्मान


शिव भट्टराई, सुनसरी । रातो तारा डट कम, हंसवाहिनी फिल्म्सको आयोजनामा गरिएको कारागार मानव अधिकार प्रवर्धन सम्बन्धी ईलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेर्हथुम, संखुवासभा, भोजपुर, ओखलढुंगा,खोटांग, सोलुखुम्बु लगायत १० वटा जिल्लामा गरिएको सचेतनामूलक कार्यक्रमको समापन पछि सो कार्यक्रममा सहभागी भएका कलाकारहरुलाई सोमबार सम्मान गरिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं.१ विराटनगरमा एक कार्यक्रमका बिच सो कलाकारहरुलाई सम्मान गरिएको हो।सोमबार बिराटनगरमा गरिएको सम्मान कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने हंसवाहिनी फिल्म्स प्रा ली का अध्यक्ष कृष्ण नेपालको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले सहभागी कलाकारहरुलाई अनुशासित , नैतिकवान र ईमानदारीका साथ सफलतापूर्वक सो कार्यक्रम समापन गरेकोमा धन्यवाद दिएका थिए।त्यसैगरी कार्यक्रममा हंसवाहिनी फिल्म्स् प्रा लि का प्रमुख सल्लाहकार प्रा. डा. बद्रीविशाल पोख्रेल साथै इटहरी साहित्य समूहका सचिव जगदेश सापकोटा लगायतको उपस्थिति रहेको थियो।

 कार्यक्रममा प्रमुख अतिथि कार्कीले कलाकारहरु कृष्ण नेपाल, शिव भट्टराई भोजपुरे, नगेन्द्र कटवाल ,गंगा गौतम, रोहिता भट्टराई, कल्पना पाण्डे, सुष्मा तिमल्सिना, ओम बस्नेत, निशु बस्नेत लगायतलाई पुरस्कार तथा प्रशंसा पत्र सहित सम्मान गरिएको थियो भने सो कार्यक्रम साहित्यकार तथा कलाकार श्रीप्रसाद पोख्रेलद्वारा संचालन गरिएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.