Websoft University

बाढी पहिरोबाट ३२ जनाको मृत्यु, १८ जना वेपत्ता



काठमाण्डौ असार २९ गते । रातो तारा डट कम,अविरल वर्षाको कारण अस्तिदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण ३२ जनाको मृत्यु भइसकेको छ । बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएको खवरछ ।

बाढी पहिरोमा मृत्यु हुनेमा ललितपुरमा पाँच, काठमाडौं, खोटाङ, काभ्रेमा तीन–तीन जना, धादिङ, सिन्धुली भोजपुर र मकवानपुरमा दुइ, दुइ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक–एक जना गरी ३२ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी गराएकोछ ।

यस्तै मकवानपुरमा चार जना, काभ्रेमा दुइ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक एक जना गरी १२ जना घाइते भएका हुन् । यस्तै बेपत्ता हुनेमा सिन्धुलीमा चार जना, भोजपुरमा तीन जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा एक–एक जना गरी १८ जना रहेका छन् ।

यस्तै बाढी पहिरोमा परेका काठमाडौंमा एक सय आठ जना, उदयपुरमा १० जना, ललितपुरमा आठ जना, सिन्धुलीमा दुइ जना, सिराहमा दुइ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा एक–एक जना गरी एक सय ३३ जनाको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति भएको
छ ।

बाढी तथा पहिरोबाट प्रभावित स्थानमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक सहित काठमाण्डौ उपत्यकामा आठ हजार आठ सय ५६ जना, प्रदेश नं १ मा ६ हजार तीन सय पाँच जना, प्रदेश नं २ मा पाँच हजार सात सय दुइ जना, प्रदेश नं ३ मा तीन हजार चार सय पाँच जना, प्रदेश नं ६ मा तीन हजार एक सय १२ जना गरि २७ हजार तीन सय ८० प्रहरी कर्मचारी परिचालित रहेका छन । विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.