Websoft University

राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण सुरु


काठमाण्डौ असार २९ गते । रातो तारा डट कम,राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण हिजोबाट सुरु भएको छ । आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागलाई लक्षित गर्दै महिला टिमको बन्द प्रशिक्षण सुरु गरिएको हो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा २८ गते परिचयात्मक कार्यक्रम मात्र भएको छ । दैनिक प्रशिक्षण भने साउन १ गतेबाट मात्र सुरु हुने छ । भलिबल संघले महिला टिमको बन्द प्रशिक्षण लगनखेलस्थित आर्मीको ट्रेनिङ सेन्टरमा सञ्चालन गर्ने जनाएको छ ।

साउन १ गतेबाट आर्मीको ट्रेनिङ सेन्टरमा तालिम सञ्चलान गरिने प्रशिक्षक शलिना श्रेष्ठले बताउनुभयो । बन्द प्रशिक्षणमा सरस्वती चौधरी, रेश्मा भण्डारी, प्रतिभा माली, अरुणा शाही, निरुता ठगुन्ना, उषा भण्डारी, शान्ति थारु, लक्ष्मी कुमाल, पुष्पा शाही, आरती सुवेदी, सुनिता खड्का, पुनम चन्द, सोफिय पुन, कविता भट्ट, हिरा केसी रहने छन् ।

यस्तै, उषा विष्ट, कमला पुन, चन्द्रकला खरेल, संगम महतो, शान्ति तामाङ, सलिना श्रेष्ठ, यामकली कुँवर, ममता डगौरा, जानकी भण्डारी र सरस्वती कट्टेललाई समेत प्रारम्भिक टोलीमा बोलाईएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.