Websoft University

पहिलो प्रादेशिक रोजगार मेला विराटनगरमा सम्पन्न-५ हजार ६३ जनाले आवेदन दिए


बिराटनगर । रातो तारा डट कम,पहिलो प्रादेशिक रोजगार मेला असार २८ गते विराटनगरमा सम्पन्न भएकोछ । सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको रोजगार मेलामा ५ हजार ६३ जनाले रोजगारीको लागि आवेदन दिएका थिए ।

वेरोजगार यूवालाई रोजगारमा जोडन सामाजिक विकास मन्त्रालयले ‘प्रथम प्रादेशिक रोजगार मेलाको आयोजना गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज विराटनगरको जैन भवनमा आयोजना भएको मेलाको उद्घाटन सामाजिक विकाश मन्त्री जिवन घिमिरेले गरे । रोजगारदाता र वेरोजगार जनशक्ति बिचको पुलको काम प्रदेश सरकारले गरेको मन्त्री घिमिरको भनाई थियो । प्रथम प्रादेशिक रोजगार मेलाबाट १ हजार २ सय जनाले वेरोजगारले रोजगार पाउने मन्त्रालयले अपेक्षा राखेको छ । प्रदेश सरकारले वेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले रोजगार मेला आयोजना गरेको मन्त्री घिमरेले बताए ।

सबै भन्दा बढी मिलिङ म्यान वेबिङ अपरेटर काष्टिङ वक्र्स स्मानईनर अपरेटरको माग रहेको छ । त्यस्तै सेक्युरिटि गार्ड, बिषय शिक्षक, सुपरभाईजर तथा लुम अपरेटर, लेखापाल, डिजाईन मास्टर, विद्यालयको प्रिन्सिपल, उद्योगका लागि प्रवन्धक, मेकानिकल ईन्जिनियर र स्टाफ नर्ससमेतको माग आएको सामाजिक विकास मन्त्रालयले जानकारी गराएको
छ ।
मेलामा सवैभन्दा बढी मोरङबाट २ हजार १ सय ६४ जना आवेदन दिएका छन् भने सवैभन्दा कम सोलुखुम्बुबाट १४ जनाले आवेदन दिएका छन् । त्यस्तै झापाबाट ५ सय ५३,सुनसरीबाट ८ सय ५७, उदयपुरबाट ८०, धानकुटाबाट ८५, तेह्रथुमबाट १ सय ३९, भोजपुरबाट ८६, खोटाङबाट १ सय १७, ओखmढुंगाबाट ६३, संख्वासभाबाट ६५,ताप्लेजुङबाट ५०,पाँचथरबाट ५८, इलामबाट ६२, अन्य प्रदेशबाट ३ सय ३८ जनाले आवेदन दिएका सामाजिक मन्त्रालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.