Websoft University

फरार रहेका एक अभियुक्त बुधबार पक्राऊ परे


श्याम राई उदयपुर गाईघाट,असार १९ गते । रातो तारा डट कम, जबजस्ती करणी मुद्दामा कैद सजाय पाएर ३ वर्षदेखि फरार रहेका एक अभियुक्त बुधबार पक्राऊ परेकाछन् ।

जिल्ला अदालत उदयपुरले २ वर्ष ११ महिना २१ दिन कैद सजाय तोकेको त्रियुगा नगरपालिका वडा न. १० बोक्सेका २७ वर्षिय महेश शाहीलाई प्रहरीले घरैबाट पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एस.पी. विर वहादुर बुडामगरले बताए ।

पक्राऊपछि शाहीलाई कैद भुक्तानीको लागि जेल चलान गरिएको छ । स्थानीय एक महिलालाई जबरजस्ती बलात्कार गरेको अभियोग उनी माथि लागेको थियो । उनी घटनापछि फरार रहेका थिए । प्रहरीले शाही विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

फरार रहेको अवस्थामा अदालतले उनलाई करण मुद्दामा कैद तोकेको थियो । प्रहरीलाई आँखा छल्दै घर आएको बेला शाही पक्राउ परेकाृ एस.पी. मगरले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.