Websoft University

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

बिराटनगर असार  १९ गते । आज मिति २०७६ असार १९ गते  विहिवार उद्योग संगठन मोरंग र विराटनगर ईन्टरनेश्नल कलेज वीच ईन्टर्नशिप र प्लेशमेन्टको अवसरका सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

हस्ताक्षर कार्यक्रममा संगठनका कार्यवाहक अध्यक्ष सुयश प्याकुरेलले उद्योग व्यवसाय क्षेत्रले सदैव दक्ष र अनुभवी जनशक्तिले अभाव भोगीरहने भएकाले आगामि दिनमा विराटनगर ईन्टरनेश्नल कलेजले दक्ष्ँ  जनशक्तिको अभावलाई पूर्ती गर्दै लैजान विश्वास व्यक्त गर्नू भयो ।

उहा“ले औद्योगीक करिडोरको आवश्यकतालाई वुझ्न कलेज व्यवस्थापनले उद्योग ÷ व्यवसायसंग सम्वन्धीत संघ संस्थासंग नीरन्तर सम्वाद गर्नू पर्ने धारणा राख्नु भयो । कार्यवाहक अध्यक्ष प्याकुरेलले विषयगत जनशक्तिलाई औद्योगीक क्षेत्रले कार्यगर्ने अवसर दिई उहा“हरुलाई आफ्नो क्षेत्रमा दक्षता अभिवृद्धि गर्न अवसार दिनु पर्ने जोड दिनु भयो ।

विराटनगर इन्टरनेश्नल कलेजका ऋषिकेश वाग्ले जनशक्ति उत्पादक र उत्पादित जनशक्ति खपत गर्ने निकायहरु विच निरन्तर सम्वाद हुनु पर्ने वताउनु भयो । संगठन र कलेज विच भएको साझेदारीले दुवै पक्षको एक आपसको क्षमता  अभिवृद्धि हुने विश्वास व्यक्त गर्नू भयो ।

उहा“ले कलेजबाट उत्पादित जनशक्तिलाई ईन्टरशिप गर्ने अवसार दिन अनुरोध गर्दै श्रावणको महिनामा कलेजले गर्ने रोजगार मेलामा सहभागी हुने उद्योगी व्यसायीलाई अनुरोध गर्नु भयो । सहमती पत्रमा दुवै पक्षले निरन्तर छलफल र सम्वाद गरी सोहि अनुरुपको जनशक्ति विकासमा ध्यान केन्द्रीत गर्ने लेखिएको छ ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा उद्योग संगठन मोरंगका उपाध्यक्ष प्रदिप मुरारका, राकेश सुराना, कार्यकारिणी सदस्य नन्द किशोर राठी, विपिन कावरा, विराटनगर ईन्टरनेश्नल कलेजका प्रा.डा. वेदेश लालदास, सम्झना कार्की, दिव्यश चन्द्रको लगायतको उपस्थिति रहेको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.