Websoft University

टिएमजे क्षेत्रमा प्रवेश गेटले पर्यटकलाई स्वागत

मोहन कुमार राई-आषाढ २० गते । रातो तारा डट कम, संखुवासभाको टिएमजे क्षेत्रको प्रवेशद्धारको रुपमा चिनिने चैनपुर नगरपालिका पर्यटकीय गन्तव्यको रुपमा चिरपरिचित स्थानमा सामुदायीक वनको विकास समृद्धिको आधार भन्ने मूल नारकाका साथ नरपालिकाको दलपेमा जिल्ला वन महासंघ संखुवासभाले आकर्षक स्वागत गेट निर्माण गरेर पर्यटकहरुलाई स्वागत गरेको छ ।

सामुदायिक जिल्ला वन महासंघ संखुवासभाले ५ लाख रकम खर्चेर उक्त स्थानमा आन्तरीक तथा वाहय पर्यटकहरुको प्रवर्धनमा टेवा पु¥याउने उद्देश्यबाट सन २०२० को नेपाल भ्रमण वर्षलाई पूर्ण रुपमा सफल बनाउन जिल्लाको प्रसिद्ध पर्यटकिय स्थल, सिद्धकाली मन्दिर, महादेवको शिवलिङ्ग रहेको वालेश्वर गुफा, चैनपुरको ऐतिहासिक एवं पूरातात्वीक मेजरपार्टी, चैनपुरको गुफापोखरी, नुनढाकी तातोपानी, लालिगुँरासको रुपमा चिनिने मिल्के, तिनजुरे मेन्छेयम जलजले क्षेत्र लगायत धार्मिक, पर्यटकीय एवं ऐतिहासिक महत्व वोकेको यस स्थलमा नै जिल्ला वन महासंघले गेट निर्माण गर्न उपयुक्त ठानेर निर्माण कार्य सम्पन्न गरेकोे जिल्ला वन महासंघ संखुवासभाका अध्यक्ष वद्री प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाका अनुसार चैनपुर ३ र ५ को संगम स्थल दलपेमा निर्माण भएको स्वागत गेटले देश विदेशबाट आउने अतिथिहरुलाई टिएमजे क्षेत्रको प्रवेश गेटले स्वागत गरेर गुराँसको राजधानी चुम्न पर्यटकहरुलाई पर्वेशद्धार निर्माण गरिएको वताउनुभयो । यो प्रवेश गेट निर्माण भए सँगै जिल्लामा उत्पादन हुने अल्लोको कपडा, चैनपुरे करुवा, रुद्राक्ष, अँलैची लगायतका जिल्लामा उत्पादीत वस्तुहरुको बजारको पहुँचमा विस्तार हुने समेत जिल्ला वन महासंघ संखुवासभाका वन अधिकृत हेमन्त पराजुलीले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.