Websoft University

मारवाडीलाई“माडे“छापेको विरोधमा मारवाडी समाज

बिराटनगर । रातो तारा डट कम,सम्पूर्ण मारवाडी समाजको जातीय अपमान गर्ने, होच्याउने, गाली बेईज्जती हुने “माडे”“नकचरोमोरा”जस्ता निन्दनीय अपशब्दहरू र चारीत्रीक लांक्षणा लगाइएको विषय स्कूलको पाठ्य पुस्तकमा समावेश भै पठन पाठन भै रहेको तुरुन्त सबै पुस्तक जफत गरी अविलम्ब आवश्यक कार्यवाही गरी पाउन भनी बिराटनगरका मारवाडी समाजका संस्थाहरूले प्रधानमन्त्री  तथा शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।

ज्ञापन पत्रमा उल्लेखित बेहोरा
नेपालको मारवाडी समाज राष्ट्रको समग्र आर्थिक सामाजिक शैक्षिक चिकित्सिय धार्मिक लगायत विभिन्न क्षेत्रमा निस्स्वार्थ भावले सेवा पुर्याइ रहेको समाज हो। तैपनि यस समाजको मर्यादा विपरित हामीलाई  होच्याउने अपमानित गर्ने घटना पटक पटक भै रहेका छन् ।

   यसको ताजा उदाहरण, एशिया पब्लिक प्रा।लि।वसुन्धरा, काठमाडौंले कक्षा ७ र ८ का लागि हालै प्रकाशित गरेको पुस्तक  ज्भबतिज उजथकष्अब िभमगअबतष्यल को कक्षा ७ को पुस्तक पेज ६८ र कक्षा ८ को पुस्तक पेज ४९ को चित्रमा उल्लेखित संवादमा मारवाडी समाजलाई होच्याउने अपमानित गर्ने गाली बेइज्जती हुने गरी अपशब्द “माडे” “नकचरो मोरा” को प्रयोग गरेको उल्लेखित चित्रको विषयले त झन अत्यन्तै पीडादायक रूपमा सम्पूर्ण मारवाडी समाजलाई नै गहिरो चोट पुग्ने गरी चरित्रहिनताको आक्षेप लगाएकोले गर्दा यस दुष्कार्यले हाम्रो जातीय स्वाभिमानमा ठूलो धक्का पुर्याएकोले हामी नेपालमा बसोबास गर्ने सम्पूर्ण मारवाडी समाजलाई मर्मान्तक पीडा भै अविलम्ब आवश्यक कार्यार्थ यो ज्ञापन पत्र पेश गरेका छौं ।

कुनै पनि पुस्तक प्रकाशन पूर्व नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्र, सानोठीमी, भक्तपुरका सम्बन्धित विज्ञ समूहले पनि जाँच पास गरेको हुन्छ । यस्तो जातीय घृणा फैलाउने आशययुक्त चित्र र संवाद रहेको पुस्तकलाई किन र कसरी सम्बन्धित निकायले स्वीकृति दियो यो पनि एउटा गम्भीर चासोको विषय बनेको छ ।

यो कुरा सम्बन्धित प्रकाशनको जानकारीमा आइसक्दा पनि हालसम्म उक्त पुस्तक विभिन्न क्षेत्रका स्कुलहरूमा पढाइ हुनु, फिर्ता नहुनु लजास्पद र हाम्रा लागि अत्यन्त दुस्खद विषय बन्न गएको छ ।

अतः पुस्तक प्रकाशक, लेखक, पुस्तकलाई पठनपाठनमा समावेश गराउने जिम्मेवारी बोकेका निकाय माथि आवश्यक कार्यवाही गरी, उक्त पुस्तक अविलम्ब विद्यार्थीहरू, स्कूलहरू, पुस्तक पसलहरू लगायत सबै ठाउँबाट जफत गरी पाउन र भविष्यमा पुनः यस्तो गलती प्रकाशक लेखक तथा अन्य सम्बन्धित निकाय कसैबाट नहुने प्रतिबद्धता व्यक्त गरिएको पत्र समेत दिलाई पाउन यो ज्ञापन पत्र पेश गरेका छौं ।

साथै, जिल्ला प्रशासन कार्यालय मोरङबाट सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्यूलाई पठाइएको ज्ञापन पत्र र पुस्तकमा प्रयोग गरिएको शब्दको प्रमाण यसैसाथ संलग्न गरिएको छ ।
पवन कुमार सारडा
विराटनगर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.