Websoft University

विधेयक संशोधन हुने-आन्दोलन फिर्ता


काठमाडौ असार  २४ गते । रातो तारा डट कम,संघीय संसद्को राष्ट्रियसभामा २०७६ वैशाख २७ गते सरकारले दर्ता गरेको मिडिया काउन्सिल विधेयकसहित समग्र सञ्चारसम्बन्धी विधेयकहरुलाई प्रेस स्वतन्त्रतामैत्री बनाउने सर्न्दर्भमा नेपाल पत्रकार महासंघले दबाबमूलक आन्दोलन सञ्चालन गर्दै आएको विदितै छ ।

यसै सर्न्दर्भमा महासंघले उक्त विधेयक फिर्ता वा संशोधनको माग राखी संसद्मा रहेका सबै राजनीतिक दलहरुलाई महासंघका चासो र सरोकारहरुबारे लिखित ध्यानाकर्षा गराएको स्मरणीय छ । सरकारको नेतृत्व गरिरहेको पाटी नेकपा संसदीय दलका उपनेता माननीय सुवासचन्द्र नेम्वाङसमेतको उपस्थितिमा नेपाल पत्रकार महासंघ प्रतिनिधिमण्डलको पटकपटक छलफल र वार्ता भएको
थियो ।

यसै क्रममा आज मिति २०७५ असार २४ गते दिउँसो नेकपा संसदीय दलको कार्यालयमा उपनेता माननीय सुवासचन्द्र नेम्वाङ, नेकपा महासचिव माननीय विष्णु पौडेल, राष्ट्रियसभामा नेकपाका नेता माननीय दिनानाथ शर्मा, कानुनमन्त्री माननीय भानुभक्त ढकाल, प्रतिनिधिसभा सांसद माननीय योगेश भट्टर्राईसमेतको उपस्थितिमा संसदीय दलको तर्फाट राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक माननीय खिमलाल भट्टर्राईले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा संशोधन प्रस्ताव तयार पारी महासंघले उठाउँदै आएको मिडिया काउन्सिलको स्वायत्तता, गठन प्रक्रिया, दण्ड-जरिवानालगायतका सरोकारहरुलाई सम्वोधन गर्ने तथा सञ्चासम्बन्धी अन्य विधेयकहरुमा पनि महासंघसँग छलफल गरी अघि बढाउने लिखित प्रतिवद्धता व्यक्त भएको छ ।

सरकारले दर्ता गरेका विधेयकका सर्न्दर्भमा सरकारको नेतृत्व गरिरहेको पाटीको संसदीय दलकै तर्फाट प्रतिवद्धता व्यक्त भएको सर्न्दर्भमा महासंघ उक्त प्रतिवद्धताको स्वागत गर्दै कानुन निर्माण गर्ने थलो जननिर्वाचित संसद्ले महासंघका सबै सरोकारहरुलाई सम्वोधन गर्ने विश्वास व्यक्त गर्दछ । यस सर्न्दर्भमा महासंघले सञ्चालन गर्दै आएको तेस्रो चरणका सडक संर्घषका बाँकी कार्यक्रमहरु स्थगित गरी संघीय संसद्मा संशोधन प्रक्रियामार्फ महासंघले उठाएका विषय वस्तुलाई सम्वोधन गराउन छलफल, सम्वादजस्ता गतिविधिमार्फ दबाब सिर्जना गरिने जानकारी गराउन चाहन्छ ।

महासंघको आन्दोलनमा साथ, र्समर्थन र ऐक्यवद्धता जनाउनुहुने आम पत्रकार साथीहरु, सञ्चारसम्वद्ध सबै संघसंगठनहरु, सम्पादक, पेशाकर्मी, अधिकारकर्मी, प्रेस स्वतन्त्रताका पक्षधर सबैमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि महासंघको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गर्दछ । 
रमेश विष्ट
महासचिव

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.