Websoft University

प्रदेश प्रमुखले दुई विधेयक प्रमाणिकरण गरे


विराटनगर असार २४ गते । रातो तारा डट कम,
प्रदेश प्रमुख प्रा.डा गोविन्द  बहादुर  तम्बाहाङले प्रेदश न १ को प्रदेश सभाबाट पारित भएका दुई वटा विधेयक मंगलवार एकै साथ  प्रमाणिकरण गरेका छन  । प्रमाणिकरण भएका विधेयकहरूमा आव ०७६÷७७ को सेवा र सुविद्या कार्यको लागी प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने समबन्धमा बनेको विधेयक —२०७६ र प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्व्यन गर्न बनेको विधेयक —२०७६ रहेको छ ।

प्रदेश सभाको असार २० गते बसेको चौथो तथा बजेट अधिबेशनको २३ औ बैठकले प्रदेश विनियोजन विधेयक र  असार ६ गते बसेको १५ औ बैठकले कार्यान्व्यन गर्न बनेको विधेयक पारित गरेको हो ।  प्रदेश सभाबाट पारित भएका विधेयकहरू  नेपालको संविद्यानको धारा २०१(१) बमोजिम  तुम्बाहाङले प्रमाणिकरण गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले बताए । यो सहित प्रदेश सभाबाट पारित भएर प्रमाणिकरका लागी आएका विधेयकको संख्या ३३ पुगेको रेग्मीले जानकारी दिए ।

संचित कोषबाट केही रकम खर्च गर्न बनेको विधेयकमा चालु खर्चतर्फ १८ अर्व ५३ करोड ५  लाख , पुजिगततर्फ २३ अर्व ५७ करोड ३९ लाख ३४ हजार र वितियतर्फ ८ करोड गरि कुल ४२ अर्व १८ करोड ४४ लाख ३४ हजार रूपैया रहेको छ ।  विधेयकमा उल्लेख भएअनुसार प्रदेश संचित कोषबाट व्य्यभार हुने रकममा प्रदेश व्यवस्थापिकाका लागी ३३ करोड ३२ लाख ६६ हजार , प्रेदश लोकसेवा आयोगका लागी २ करोड १८ लाख ५१ हजार र मुख्य न्यायधिवक्ताको कार्यालयको लागी २ करोड ८१ लाख १७ हजार रहेको छ ।

 त्यस्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयतर्फ २८ करोड ६७ लाख ३ हजार , आर्थिक मामिला तथा योजना मन्त्रालयलाई ९१ करोड १३ लाख १७ हजार , उद्योग , पर्यटन , बन तथा वातावरण मन्त्रालयलाई ३अर्व  करोड ८३ करोड २७ लाख ३८ हजार ,  भूमि व्यवस्था  , कृषि तथा सहकारीलाई ४ अर्व ४१ करोड ३२ हजार , आन्तरिक मामिला मन्त्रालयलाई १ अर्व ४८ करोड २८ लाख ६८ हजार , भौतिक पूर्वाधार मन्त्रालयलाई १९ अर्व ८५ करोड ९९ लाख ८१ हजार , सामाजिक विकास मन्त्रालयलाई ४ अर्व १६ करोड ६८ लाख ७५ हजार , प्रदेश योजना आयोगलाई ७ करोड २७ लाख , अर्थ वित्तीय व्यवस्थालाई ७ करोड , आन्तरिक तथा ऋण भ्त्तानीको लागी १ करोड , कर्मचारी सेवा सुविद्या तथा सेवा निवृतको लागी ७ करोड २० लाख  , अर्थ विविधको लागी ६ अर्व १० लाख र स्थानीय तहको लागी ९९ करोड ९९ लाख ९८ हजार रूपैया रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.