Websoft University

मोरंङ व्यापार संघले कानुन मन्त्रीलाई गर्यो स्वागत


बिराटनगर । रातो तारा डट कम,संघीय सरकारका कानून,न्याय तथा संसदीय मामिला मन्त्री माननीय भानुभक्त ढकालज्यूको मोरंङ व्यापार संघले स्वाग गर्यो । मोरंङ व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम उद्योग व्यवसाय लगायत विभिन्न क्षेत्रमा देखा परेका कानूनी जटिलता बारे माननीय मन्त्रीज्यूलाई प्रत्यक्ष जानकारी गराउने उद्देश्यले उक्त अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।

संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले कार्यक्रमका प्रमुख अतिथि संघीय सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय भानुभक्त ढकालज्यू लगायत कार्यक्रममा पाल्नु भएका सम्पूर्ण महानुभावहरुको संघमा स्वागत गर्नु हुँदै आफ्नो स्वागत मन्तव्य राख्नु भएको थियो । मन्तव्य दिने क्रममा अध्यक्षज्यूले मुलुकको कानुन व्यवस्था र उद्योगी÷व्यवसायीहरुले भोग्नु परिरहेका कानूनी जटिलता बारे जानकारी गराउनु भएको थियो । 

कुनैपनि मुलुकको शाषण प्रणाली राष्ट्रिय कानून मै आधारित रहने र कानूनी व्यवस्थाबाटै मुलुकको दिशा निर्देश हुने बताउनु हुँदै अध्यक्ष मुन्दडाज्यूले मुलुकको कानूनी व्यवस्थालाई उचित ढंगले व्याख्या र अवलम्बन गरे मात्र मुलुकको धरातलले स्थायीत्व पाउने जिकिर गर्नु भएको थियो । 

मन्तव्यका क्रममा अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले राजस्व मुद्दामा लाग्ने नगद धरौटी र त्यसको फिर्ताको व्यवस्था, राजस्व न्यायाधिकरणको फैसलाका बाबजुद सर्वोच्चमा निवेदन पर्ने पारिपाटी, उद्योग बन्द नभई जग्गा विक्री गर्न नपाईने प्रावधान, नविकरण फेल लगायत सामान्य आर्थिक त्रुटीमा पनि जेल चलान समेतको दण्ड जरिवाना आदिले उद्योगी÷व्यवसायीहरुलाई कानूनी ओझेल र जटिलता थपेकोले त्यसता नीति÷नियम÷ऐनहरु लाई सुधार गर्नु पर्ने बताउनु भएको थियो । 

कुनै पनि तहको नीति÷नियम÷ऐन उद्योगमैत्री हुनु पर्ने बताउनु हुँदै अध्यक्षज्यूले उद्योगी÷व्यवसायीलाई जेल चलान तथा सर्वस्व जफत हुने जस्ता कडा वातावरणमा राख्न नमिल्ने र आर्थिक त्रुटिहरुलाई आर्थिक जरिवाना गरी आर्थिक रुपमै सच्याउने मौका दिईनु पर्ने बताउनु भएको थियो । त्यसतै, विधेयक तथा नीति नियम निर्माणको कार्य सरोकारवालाहरुसँग छलफल गरी पारदर्शी रुपले प्रक्रियामा जानु पर्ने बताउनु हुँदै वैज्ञानिक अध्ययन एवं कानूनको दिर्घकालिन प्रभावको विश्लेषण विना बन्ने कानून अत्यन्त कमजोर र अव्यवहारिक हुने बताउनु भएको थियो । 

माननीय मन्त्रीज्यू मोरङको प्रभावकारी नेता समेत रहनु भएकोले यहाँका उद्योग÷व्यवसायलाई आवश्यक पर्ने पूर्वाधार निर्माणकालागि समेत भूमिका खेल्नु पर्ने बताउनु भई हाल प्रदेशस्तरीय राजस्व न्यायधिकरणको समेत आवश्यकता रहेको बताउनु भएको थियो । 

त्यसतै, मोरङ–सुनसरी औद्योगिक कोरिडोरको हालको प्रमुख समस्याको रुपमा रहेको भारत तर्फ जिर्ण अवस्थाको मीरगञ्ज पुलका बारेमा अवगत गराई त्यसको विकल्पमा नयाँ पुल निर्माणकालागि भारतीय राजदुत लगायत सम्बन्धित निकायमा कुटनैतिक पहल गरिदिन अनुरोध गरिएको थियो । साथै, कटहरी कोरिडोरको विद्युत समस्याको पनि उचित व्यवस्थापन गराई दिन अनुरोध गरिएको थियो । 

मन्तव्य कै क्रममा अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले नेपालमा संचालन हुने भनिएको आई।आई।एफ।ए। अवार्ड कार्यक्रम हाल स्थगित हुने भनी हल्ला सुनिएकोमा त्यो कार्यक्रम नहुनु मुलुकको हित वितरित रहेको धारणा व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा संघका निर्वतमान अध्यक्ष श्री पवन कुमार सारडाज्यूले उद्योगी÷व्यवसायीहरुको आर्थिक त्रुटीको सजाय आर्थिक रुपमै हुनु पर्नेमा जोड दिनु भएको थियो । त्यसतै, उद्योग संगठन मोरङका कार्यवाहक अध्यक्ष श्री सुयस प्याकुरेलज्यूले कानूनको व्याख्यामा ‘र’ र ‘वा’ को व्यवस्थाले चलखेल बढ्ने गरेको बताउनु भई कानूनमा ‘एकको एक, दुईको दुई’ भनी एवं कसैको तजविजमा नरहने गरी स्पष्ट रुपले व्याख्या गरिनु पर्ने बताउनु भएको थियो । 

बार एशोसिएसन, मोरङका अध्यक्ष अधिवक्ता श्री पुनम कुमार गुप्ताज्यूले आर्थिक ऐनमा रहेको त्रुटी माननीय कानून मन्त्रीज्यू समक्ष पढेर सुनाउनु भई त्यसको सुधारकालागि अनुरोध गर्नु भएको थियो । त्यसतै, विराटनगर ट्रक व्यवसायी संघका अध्यक्ष मेघराज सिग्देलज्यूले साना तिना कमिशनले जिविकोपार्जन गर्दै आई रहेका लेख–पढ नजान्ने सामान्य व्यवसायीहरुलाई समेत मु।अ।कर।को दयरामा होम्याई आर्थिक र प्रशासनिक बोझ थपिएकोले त्यो पटक्कै व्यवहारिक नभएको बताउनु भएको थियो । 

कार्यक्रममा विराट व्यापार संघका पूर्व अध्यक्षज्यू लगायत विभिन्न व्यक्तीत्वहरुले कानूनका समस्याहरु बारे अवगत गराउनु भएको थियो । 

कार्यक्रमको अन्त्यमा, प्रमुख अतिथि संघीय सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय भानुभक्त ढकालज्यूले मुलुक संघीयतामा प्रवेश गरेसँगै एक वर्ष मै कैयौं कानूनहरु बनाउनु परेको र यो विश्व मै विरलै हुने गरेको बताउनु भएको थियो । छोटो अवधिमै त्यति धेरै कानूनहरु बनाउनु पर्ने अवस्थाका कतिपय कानुनहरु त्रुटी र अस्वभाविक हुन गएको स्वीकार गर्नु हुँदै माननीय मन्त्रीज्यूले मुलुकी देवानी फौजदारी ऐनका त्रुटीहरुलाई सुधार गरे झैं अन्य कानूनका त्रुटीहरु समेत सुधार भई रहेको र समय सापेक्ष सुधार गर्दै जाने बताउनु भएको थियो । 

मोरंग व्यापार संघका महासचिव श्री अनिल कुमार साहज्यूले संचालन गर्नु भएको उक्त कार्यक्रममा संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू, प्रमुख अतिथि संघीय सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय भानुभक्त ढकालज्यू, बेलवारी नगरपालिकाका मेयर श्री ज्ञानेन्द्र सुवेदीज्यू, संघका निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू, उद्योग संगठन मोरङका का।वा। अध्यक्ष श्री सुयस प्याकुरेलज्यू, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सदस्य श्री श्रवण अग्रवालज्यू, विराट व्यापार संघका अध्यक्ष श्री सुजन थापाज्यू, मोरङ जिल्ला बार एशोसिएशनका अध्यक्ष श्री पुनम कुमार गुप्ताज्यू, विराटनगर ट्रक व्यवसायी संघका अध्यक्ष श्री मेघराज सिग्देलज्यू लगायत नेकपाका केन्द्रिय सदस्यद्वय श्री गोपी अक्षामीज्यू र श्री विनोद ढकालज्यू, नेकपा प्रदेश १ का प्रदेश कमिटी सदस्य श्री डिवी राईज्यू, युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष श्री पर्शुराम बस्नेतज्यू, बेलवारी उद्योग वाणिज्य संघका अध्यक्ष श्री योगेन्द्र प्रसाद सुवेदीज्यू, ट्रान्सपोर्ट एशोसिएसन, विराटनगरका अध्यक्ष श्री नर बहादुर भण्डारीज्यू, विराटनगर हार्डवेयर संघका अध्यक्ष मुकुन्द दाहालज्यू, पत्रकार महासंघ, प्रदेश १ का अध्यक्ष श्री विक्रम लुईंटेलज्यू, पत्रकार महासंघ, मोरङका अध्यक्ष श्री बन्धु पोखरेलज्यू, मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र विराट व्यापार संघका पदाधिकारी एवं कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यमीहरु, राजनितिकर्मीहरु, कानून विद्हरु, अर्थ विद्हरु, उद्योगी व्यवसायीहरु, संचारकर्मीहरुको सक्रीय सहभागिता रहेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.