Websoft University

विप्लव समूहलाई सरकारको चेतावनी



काठमाण्डौ असार २० गचे । रातो तारा डट कम,विप्लव नेतृत्वको नेकपालाई सरकारले वार्ताको बाटो रोज्न हिजो आग्रह गरेको छ । नियमित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बास्कोटाले वार्तामा नआए विप्लव समूहले नै क्षति व्यहोर्नुपर्ने टिप्पणी गर्नुभयो ।

विप्लव समूहले लुटपाट चलाएको र यो क्रमशः सङ्गठित आतङ्कवादतर्फ उन्मुख रहेको उल्लेख गर्दै सरकारले जङ्गली राजलाई छुट दिन नसक्ने धारणाा ख्नुभयो । माग्ने कुरा केही नभएका कारण विप्लव समूह वार्तामा आउन नचाहेको मन्त्री बास्कोटाले बताउनुभयो । 

दुई तिहाईको सरकार सिमलको भुवा जस्तो नभएको भन्दै उहाँले चुनाव लड्ने हुति नभएका कारण १२ वटा सिम फेरेर विप्लव समूहले तर्साउँदै हिँडेको उल्लेख गर्नुभयो । मन्त्री बास्कोटाले क्रान्तिका नाममा स्कुल बन्द गराएर वितण्डा नमच्चाउन विप्लव समूहलाई चेतावनी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.