Websoft University

कर्मचारी समायोजन सूची सार्वजनिक


काठमाण्डौ साउन ३ गते । रातो तारा डट कम,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न तहका स्वास्थ्यकर्मीहरूको समायोजन सूची सार्वजनिक गरेको छ । मन्त्रालयले मेडिकल रेकर्डर, आयुर्वेद विज्ञ, नर्सिङ प्रशासक लगायत ४ क्षेत्रका कर्मचारीको समायोजन विवरण खुलाएर सुची सार्वजनिक गरेको हो । 

समायोजन विवरणमा मेडिकल रेकर्डर निरीक्षक अन्तर्गत वरिष्ठ मेडिकल रेकर्डर निरीक्षक÷मेडिकल रेकर्डर निरीक्षक÷मेडिकल रेकर्डर सुपरभाइजर ५, ६ र ७ औँ तहका कर्मचारीको विवरण सार्वजनिक गरेको छ । 

३ पदका देशभर ४६ जना कर्मचारीलाई समायोजनमा समेटिएको छ । वरिष्ठ कन्सलटेन्ट आयुर्वेद विज्ञ÷कन्सलटेन्ट आयुर्वेद विज्ञ ९÷१० औ तहका कर्मचारीको पनि मन्त्रालयले विवरण सार्वजनिक गरेको हो । यसअन्तर्गत १३ जना कर्मचारीको नाम सार्वजनिक गरिएको छ । कम्यूनिटी नर्सिङ प्रशासक ९ र १० औँ तहअन्तर्गत १ जना रहेका छन् । 

जसलाई सङ्घअन्तर्गत नै राखिएको छ । वरिष्ठ अस्पताल नर्सिङ प्रशासक ÷अस्पताल नर्सिङ प्रशासक अन्तर्गतको ९ र १० औ तहका कर्मचारीहरुको पनि समायोजन विवरण सार्वजनिक गरिएको छ । यस पदमा १४ जना कर्मचारी रहेका छन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.