Websoft University

एकैपटक दुइ सय ३४ जना न्यायाधीशको सरुवा भए

 

काठमाण्डौ साउन २ गते । रातो तारा डट कम,न्यायपरिषद्ले एकै पटक २ सय ३४ जना न्यायाधीशको सरुवा गरेको कुरा सुचनामा जनाएको छ । परिषद्ले आज निकालेको सरुवा सूची अनुसार उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ जना न्यायाधीशको सरुवा भएको हो । 

सरुवा हुने न्यायाधीशहरूमा जिल्ला र उच्च अदालतमा लगातार दुई वर्ष कार्य गरिसकेकाहरू रहेका छन् । परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सरुवा गर्नुभएको हो ।  परिषद्ले विशेष अदालतको अध्यक्ष र सदस्यमा पनि उच्च अदालतका न्यायाधीशहरूलाई तोक्ने निर्णयसमेत गरेको छ ।

अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारीलाई ल्याइएको छ । सदस्यहरूमा उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्ण गिरी, उच्च अदालत दिपायलकै न्यायाधीश वालेन्द्र रुपाखेती, उच्च अदालत सुर्खेतकी न्यायाधीश शान्तिसिंह थापा, उच्च अदालत जनकपुरका न्यायाधीश चन्द्रबहादुर सारु र उच्च अदालत विराटनगर, इलाम इजलाशका न्यायाधीश डा. रवि शर्मा अर्याललाई तोकिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.