Websoft University

लागु औषध सहित १ जना पक्राउ


मोरङ असार १८ गते । रातो तारा डट कम,जिल्ला मोरङ विराटनगर महानगरपालिका १२ स्थित पन्चमुखी चोकबाट लागु औषध सहित १ जना  पक्राउ परेका छन । 

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १७ गते राती १२ बजे स्थानीय २६ बर्षीय दिनेश पासवानलाई लागु औषध फेनारगन-४८ एम्पुल, डाइजेल्याव-३७ एम्पुल, बुप्रेर्नफिन -३१ एम्पुल र एभिल-३५ एम्पुल लागु औषध सहित नियन्त्रणमा लिईएको हो ।

 पक्राउ परेका पासवानलाई जिल्ला अदालत मोरङबाट लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.