Websoft University

मोरङ मालपोतको लक्ष्य भन्दा बढी राजश्व उठने संकेत


बिराटनगर असार १८ गते । रातो तारा डट कम, मोरङ मालपोत कार्यलय बिराटनगरले सरकारले राखेको लक्ष्यभन्दा बढी राजश्व उठने संकेत देखाएकोछ ।

चालु आ. व. को जेठ मसान्त सम्म मोरङ मालपोतले २४३६८ थान रजिस्टेशन पारीत गरेको छ, भने सो बाट राजश्व रु ४५,४५,२२०७१,राजश्व संकलन गर्न सफल भएकोछ ।

गत आ. व. को लिखत रजिस्टेशको रेकट हेर्दा जेठ मसान्त सम्म २५२००,थान रजिस्टेश भएको थियो भने त्यसको राजश्व रु ५१९९७६१५९, राजश्व उठेको देखिन्छ ।

यसरी हेर्दा रु ६५४५४०८८,मात्र कम देखिएकाले असार भरीमा सरकारी लक्ष्य भन्दा बढी राजश्व उठ्ने मालपोत अधिकृत देवी प्रसाद भट्टराईले रातो तारा डट कम,लाई जानकारी गराउनु भएकोछ ।

अहिले सरकारले कित्ता काट अंश वडा पल्टीङमा केहि सिम्माहरु नतोकेको भए लक्ष्यको दुइ गुना राजश्व उठ्ने अनुमान गर्न सकिने समेत बताउनु भएको छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.