Websoft University

अविरल परेको पानीका कारण बाढी र पहिरोमा परी आजसम्म ६५ मृत्यु

 

बिराटनगर असार ३० गते । रातो तारा डट कम,निरन्तरको वर्षा र त्यसले निम्त्याएको विपद्का कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ । गएको बिहीबार देखिको अविरल वर्षापछि बाढी, पहिरो र डुवानका कारण हालसम्म ६५ जनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका कारण हालसम्म ६५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । 

यो तथ्यांक आज बिहान ७ बजेसम्मको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा २४ जना महिला र ४१ जना पुरुष रहेका छन् । बाढी तथा पहिरोबाट घाइते हुनेको संख्या ३८ पुगेको प्रहरीको तथ्यांक छ । जसमा १७ जना महिला र २१ जना पुरुष रहेका छन् । 

१२ जना महिला र १८ जना पुरुष गरी ३० जना अझै बेपत्ता छन् । देशभर गरी एक हजार चार सय ४६ जनाको सकुशल उद्दार गरिएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले समचारमा उल्लेख गरेका छन । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.